भिजिवलिटी कम हुँदा हवाई उडान ठप्प, विमान ल्यान्ड गर्न नसकेर आकाशमै होल्ड

काठमाडौं :  बाक्लो तुवाँलोका कारण बिहानैदेखि हवाई उडान ठप्प भएको छ। विहान ६ः३० बजे देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिवलिटी नपुग्दा हुँदा उडान हुन सकेको छैन। यस्तै विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय विमान पनि ल्यान्ड गर्न नसकेर आकाशमै फन्को मारिरहेका छन्।  हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिवलिटी एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छपश्चिमी वायुको प्रभावका कारण विहीबार विहानै देखि मौसममा खराबी आएपछि देशैभरका ३५ वट

सम्बन्धित सामग्री

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्।

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

मौसम प्रतिकूलताका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

मौसम प्रतिकूलताका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।

प्रतिकूल मौसमका कारण पोखरामा हवाई उडान ठप्प

२३ साउन, काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा हवाई उडान प्रभावित बनेको छ । बिहानैदेखिको निरन्तर वर्षाका कारण पोखरामा एउटा पनि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सोहीकारण पोखरामा हवाई यात्रु अलपत्र परेका छन् । मंगलबार भरतपुरमा बिहानको तीन वटा उडान भएपछि पुनः उडान बन्द भएको छ । जनकपुरमा समेत […]

हवाई उडान ठप्प पार्ने चेतावनी

समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने निकायले आदेशात्मक व्यवस्था लागू गर्न खोजेको भन्दै हवाई सेवाको नियामक निकाय र वायुसेवा सञ्चालन गर्ने संस्थाबीचको विवाद चुलिएको छ । निर्णय लागू गर्न खोज्ने र निर्णय पालन नगर्ने अडानका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण र निजी वायुसेवा सञ्चालक संघबीचको विवाद बढेको हो ।प्राधिकरणले आइतबार विज्ञप्ति जारी गर्दै हवाई जहाजसञ्चालक कम्पनीले असार […]

तेन्जिङ हिलारी विमानस्थलमा चार दिनदेखि उडान ठप्प, यात्रु अलपत्र

मौसम प्रतिकुलताका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा पाँच दिनदेखि हवाई उडान ठप्प बनेको छ । गत आइतबारदेखि उडान हुन नसकेको नेपाल नागरिक उड्न प्राधिकरण लुक्लाले जनाएको छ ।  केही दिनयता...

जहाँज नहुँदा कर्णालीमा हवाई उडान ठप्प

जुम्ला-कर्णाली प्रदेशका हिमाली जिल्लामा एक सातादेखि हवाई उडान प्रभावित भएका छन् । पर्यटक ओसार्न जहाजहरू पूर्वतिर गएपछि कर्णालीका हिमाली जिल्लामा हवाई उडान प्रभावित भएको हो । जुम्ला, हुम्ला, मुगु, डोल्पामा सुर्खेत नेपालगन्जबाट दैनिक उडान भर्ने जहाजहरू विगत एक सातादेखि पर्यटक ओसार्न पूर्वतिर गएपछि कर्णालीमा हवाई यात्रा ठप्प हुँदा नागरिकले सास्ती पाएका हुन् ।जहाजहरू लुक्ला, पोखरा, […]

हुम्लासहित कर्णाली प्रदेशमा हवाई उडान ठप्प

चैत २१, हुम्ला । हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन ।  हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन् । हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान थप समस्या बनाएको छ । सिमकोटमा रहेका सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान र जिल्ला पुग्न थप समस्या निम्तिएको हो ।  सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतवारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।  उडान ठप्प हुँदा जिल्लाबाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्र परेका छन् । नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटल भाडा तिरेर बस्नुपर्ने बाध्यता भएको नेपालगञ्जमा टिकट नपाएर भौँतारिरहनुभएका विशाल परियारले गुनासो पोखे ।  निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन । पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाको गुनासो छ । निजी एअरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लंघन गरी उडान ठप्प गरेका बताइएको छ । नेपाल वायु सेवा निगमका उडान कम नेपाल वायु सेवा निगमले नेपालगञ्जबाट हुम्लाका लागि कम उडान भर्दै आएको छ । टिकट वितरणमा पक्षपात भएको नेपालगञ्जमा रहेका यात्रुले गुनासो पोखेका छन् । नेपालगञ्जमा रहेका निगमका कर्मचारीले आफन्त तथा ठूलाबडाको फोनका आधारमा आफ्नो मानोमानी ढंगले टिकट वितरण गरिरहेको पाइएको छ ।  सो कार्यालयका कर्मचारीले गरेको व्यवहारले लामो समयदेखि हुम्ली नागरिकले ठूलो समस्या झेल्नु परेको छ । विभिन्न कामका लागि जिल्लाबाहिर नेपालगञ्जको राँझा एअरपोर्टमा सयौँ सेवाग्राही अलपत्र परेका छन् । गत फागुन अन्तिम सातादेखि हवाई उडान नहँुँदा हुम्लाका करीब ४० देखि ६० नागरिक होटलमा बस्न बाध्य छन् ।  हुम्ला उडान भर्ने टिकटका लागि दैनिक नेपाल एयरलाइन्सको कार्यालय जाँदा सो कार्यालयका कर्मचारीले उल्टै धम्काउने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।  हुम्लाकै सङ्गीता फडेराले भने, ‘गोजीमा पैसा छैन, धेरै दिनदेखि बिहानबाटै बेलुकासम्म लाइनमा बस्दा पनि निगमका कर्मचारीले सुनुवाइ गरेका छैनन्, निगमका कर्मचारीले बाहिरबाटै फोनका भरमा टिकट वितरण गर्दा अन्य हुम्लाका गरीब, निमुखा नागरिक टुलुटुलु हेरिरहनुपर्ने बाध्यता छ ।’ त्यस्तै, आर्थिक अभावका कारण नेपालगञ्जमा बिरामीकै अवस्थामा रहेका ७९ वर्षीय टक्कबहादुर शाहीले फागुनको अन्तिमदेखि घर फर्कनका लागि धेरै प्रयास गरे पनि टिकटको अझै अत्तोपत्तो नभएको बताए । टिकटका लागि गएका सिद्धबहादुर बुढा भन्छन्, ‘नेपाल एअरलाइन्सको कार्यालयमा जाँदा त्यहाँका कर्मचारीले उल्टै धम्क्याउने गरेका छन् ।’ रासस

सोलुखुम्बुु : एक हप्तादेखि हवाई उडान ठप्प हुँदा लुक्लामा तरकारी अभाव

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा तरकारी तथा फलफूलको अभाव भएको छ । निरन्तरको वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प हुँदा लुक्लासहित आसपासका क्षेत्रमा तरकारी तथा फलफूलको अभाव भएको हो । निरन्तरको झरी र हुस्सुका कारण हेलिकप्टर तथा जहाजले भदौ ३ गतेयता उडान भर्न नसक्दा मासु, अण्डा, तरकारीसहित फलफूल भित्रिन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १ गते एउटा, २ गते दुई वटा र ३ गते एउटा विमानले उडान ...

डोल्पामा दुई सातादेखि हवाई उडान ठप्प

दुई सातादेखि नेपालगन्ज डोल्पा हवाई उडान ठप्प भएको छ हवाई उडान नहुँदा सर्वसाधारणलाई समस्या परेको छ ।