रुसी तेलमाथि प्रतिबन्ध लगाउने ईयूको प्रस्तावलाई हंगेरीले समर्थन नगर्ने

काठमाडौं– युरोपेली युनियन ईयूले रुसी तेललाई लक्षित गरी प्रस्ताव गरेको पछिल्लो प्रतिबन्धलाई हंगेरीले समर्थन गर्न नसक्ने हंगेरियन प्रधानमन्त्री भिक्टर ओर्बानले जनाएका छन् । सरकारी रेडियोसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओर्बानले रुसी तेलमाथि प्रतिबन्ध लगाउने ईयूको पछिल्लो प्रस्तावलाई हंगेरीले समर्थन गर्न नसक्ने बताएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रुसी तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको […]

सम्बन्धित सामग्री

बुल्गेरियालाई रुसी तेल आयातमा छुट

बुल्गेरियाले सन् २०२४ को अन्त्यसम्म ईयु प्रतिबन्धको छैटौं प्याकेज भित्र रुसी तेल खरिद गर्न अस्थायी छुट प्राप्त गरेको प्रधानमन्त्री किरिल पेटकोभले मङ्गलबार  बताएका छन् ।सोमबार राति इयु नेताहरूले ब्रसेल्समा भएको शिखर सम्मेलनमा समुद्री मार्गबाट आपूर्ति हुने रूसी तेललाई प्रतिबन्ध लगाउने सहमति गरेका थिए ।युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले मङ्गलबार भनेका थिए-हंगेरी र चेक गणतन्त्र जस्ता भूपरिवेष्ठित सदस्य राष्ट्रहरूका लागि अस्थायी छुटहरू दिइनेछ।

रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत

युरोपेली संघ (ईयू)का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् । बेल्जियमको ब्रसेल्समा बसेको ईयूका नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको हो । हंगेरीको असहमतिका कारण पूर्ण प्रतिबन्ध लगाउने विषयमा लामो छलफल भएको थियो । सहमति अनुसार अब यो वर्षको अन्त्यसम्ममा ईयूले झण्डै ९० प्रतिशत रुसी तेल आयातलाई कटौती गर्नेछ । तीन महिना अगाडि युक्रेनमा रुसले आक्रमण गरेपछि ईयूको तर्फबाट यो सबैभन्दा ठूलो निर्णय मानिएको बीबीसीले उल्लेख गरेको छ । युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले ...

जी–७ ले लगायो रुसी तेलको आयातमा प्रतिबन्ध

जी–सेभेन राष्ट्रहरूले रुसी तेलको आयातमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। गएराति बसेको जी–सेभेन बैठकमा सहभागी नेताहरूले प्रतिबन्ध लगाउने वा चरणबद्ध रूपमा आयात बन्द गर्ने निर्णय गरेका हुन्। छलफलपछि साझा वक्तव्य जारी गर्दै जी–सेभेनका नेताहरूले आफूहरु रुसी ऊर्जामाथिको निर्भरता पूर्ण रुपमा बन्द गर्न प्रतिबद्ध रहेको बताएका छन्। यो प्रतिबद्धतामा रुसी तेल आयातमा प्रतिबन्ध लगाउने विषय पनि समेटिएको छ। साथै उपभोक्तालाई स्थिर तथा दिगो ऊर्जा आपूर्ति र सस्तो मूल्यमा ग्यास खरिद सुनिश

रुसी तेल प्रतिबन्धमा हंगेरी अलमलमा : भन्यो, ‘इयूको योजनामा ऊर्जा सुरक्षा छैन’

रुसबाट तेल र ग्यास आयातमा प्रतिबन्ध लगाउने विषयमा युरोपेली देशहरूबीच सहमति हुन सकेको छैन ।हंगेरीले बुधबार इयूको तर्फबाट रुसी ग्यासमाथि प्रस्तावित प्रतिबन्धमा उसले आफ्नो ऊर्जा सुरक्षा नदेखेको बताएको छ ।हंगेरी सरकारले एएफपी समाचार एजेन्सीलाई पठाएको विज्ञप्तिमा भनेको छ, ‘हामीले इयू को वर्तमान प्रस्तावमा हाम्रो ऊर्जा सुरक्षाको बारेमा कुनै योजना र ग्यारेन्टीहरू देखेका छैनौं । हामीलाई यो कसरी हुन्छ भन्ने पनि थाहा छैन । यो प्रस्तावको कारणले निम्तिने स्थिति सम्हाल्न सकिन्छ वा सकिँदैन भन्ने प

‘ब्लड मनी’बाट युरोपेली देशले रुसी तेल किनिरहेका छन् : जेलेन्स्की

रुसी तेलका लागि ‘ब्लड मनी’ (रगतको पैसा) प्रदान गरिएको आरोप युक्रेनले लगाएको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपका देशहरुमाथि रुसी तेल किन्न जारी राखेर ‘अरु मानिसको रगतबाट उनीहरुलाई पैसा कमाउन’ सहयोग गरिरहेको आरोप लगाएका छन् । बिबिसीसँगको अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले जर्मनी र हंगेरीले रुसी इन्धनमाथि प्रतिबन्ध लगाउने प्रयासमा गरिरहेको अवरोध तर्फ संकेत गर्दै यस्तो आरोप […]

यूरोपका यी देश रुसमाथिको प्रतिबन्धको विरुद्ध उभिए

एजेन्सी, २९ फागुन । रुस र युक्रेनबीच युद्ध चलिरहँदा यूरोपेली युनीयनका अधिकांश देशहरु रुसको विरुद्ध छन् । रुसको पक्षमा यूरोपका एकमात्र देश बेलारुस उभिएको छ । रुस र बेलारुसविरुद्ध अमेरिकालगायत नाटो देशहरुले प्रतिबन्ध लगाएका छन् । अमेरिका र बेलायतले रुसी तेल प्रतिबन्ध लगाएका छन् । तर, जर्मनीले प्रतिबन्ध लगाउने मानेको छैन । टर्कीले रुसविरुद्ध अमेरिका, […]

रुसले ग्यास दिन बन्द गर्यो  भने यूरोपमा कस्तो असर पुग्छ ?

अमेरिकाले रुसबाट आयात तेल र ग्यासमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अर्कोतर्फ बेलायतले पनि अब रुसी तेल खरिद गर्न बन्द गर्ने बताएको छ भने युरोपियन युनियनले आयात घटाउने निर्णय गरेको छ । यता तेल व्यापारमा प्रतिबन्ध लगाएमा रुसले यूरोपेली मुलुकहरूलाई ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ ।युक्रेनले कठोर प्रतिबन्धको माग उठाएपछि अमेरिकाले रुसबाट तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बेलायतले पनि यस वर्षको अन्त्यसम्ममा रुसी तेल प्रयोग नगर्ने हुने निर्णय गरेको छ । अनि यु

अमेरिका र बेलायतद्वारा रुसी तेल आयातमा प्रतिबन्ध

युक्रेनमाथि रुसको आक्रमणको विरोधमा अमेरिका र बेलायतले रुसमा उत्पादन हुने तेल आयातमा प्रतिबन्ध लगाएका छन् । आफूले चालेको कदमले प्रतिबन्धले रुसको अर्थव्यवस्थामा ठूलो धक्का पुग्ने बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल आयातमा प्रतिबन्ध लगाउने बताएका हुन् ।

रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले 'रुसको अर्थतन्त्रको मुख्य धमनी' लाई नै प्रहार गर्ने बताएका छन्।ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ। यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्।म्याकडोनल्डस् र कोका-कोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन्।रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा 'विध्वंसक' नतिजा ल्याउने चेतावनी दिएको थियो।उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ। द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ।युद्ध भइरहेको युक्रेनमा आक्रमणमा परेका दुईवटा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकालिएको छ। अमेरिकाले हालसम्म ४,००० रुसी सैनिक मारिएको हुनसक्ने बताएको छ।अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो।बाइडनले भने, 'हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ।''यसको अर्थ अब रुसी तेल अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन र अमेरिकी जनताले पुटिनलाई अर्को शक्तिशाली प्रहार गर्नेछन्।'उनले यो कदम 'देशभित्र असर पर्ने' मूल्यमा नै चालिएको र साझेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए। उस्तै शैलीमा ब्रिटेनले पनि सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको आयात बन्द गर्ने भएको छ।प्रधानमन्त्री बोरिस जोन्सनले यो कदमले रुसलाई तुरुन्तै असर गर्ने छैन भनेर स्वीकारेका छन्। तर उनले भने 'यसले के गर्छ भने रुसमाथि दबाव थपिनेछ जुन हामीले अहिले रुसमा देखिरहेका छौँ।'अमेरिकी तेल र प्रशोधित उत्पादन आयातको लगभग ८ प्रतिशत रुसबाट आयात हुन्छ रुसले ब्रिटिश तेल आयातको लगभग ६ प्रतिशत हिस्सा रुसी तेलले ओगटेको छ।तर ईयू भने रुसी ऊर्जामा धेरै नै निर्भर छ। त्यसैले ईयूले तत्कालै प्रतिबन्ध लगाउने कडा कदम चाल्न सकेको छैन।युरोपेली आयोगले 'सन् २०३० भन्दा पहिले' रुसी जीवाश्म इन्धनबाट युरोपलाई मुक्त बनाउने लक्ष्यका साथ वैकल्पिक ऊर्जा आपूर्तिमा रूपान्तरण गर्ने र त्यो कमीलाई पूरा गर्न वातावरणमैत्री ऊर्जालाई तीव्र विस्तार गर्ने बताएको छ।अमेरिकी र युरोपेली प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि केही वस्तु र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ।तर त्यसको विस्तृत विवरण आउन अझै बाँकी छ। यद्यपि रुस अन्न र धातुको प्रमुख निर्याकर्तामध्ये पर्छ। -बिबिसीबाट