सरकारसँग पर्याप्त पुँजी हुँदा पनि खर्च गर्ने क्षमता कमजोर भएकाले अपेक्षित खर्च हुन नसकेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । आर्थिक वर्ष ०८१/०८२ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा प्रतनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पुनले सरकारको खर्च गर्ने क्षमता बढाउन अत्यावश्यक रहेको दाबी गरे ।