चीन, कतार र टर्कीमा नियमित उडान खुला

चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएछि नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका नियमित उडान खोल्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

नियमित उडान नहुँदा नेपालीहरूको शव विदेशमै थुप्रिँदै

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको छ। निषेधाज्ञाका कारण नियमित उडान नहुँदा शव ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।बोर्डले निषेधाज्ञाको समयमा ३२ वटा शव नेपाल ल्याएको छ। नियमित उडान बन्द भएपनि चार्टर उडान‍मार्फत विदेशमा अलपत्र परेको शव ल्याइएको बोर्डका निर्देशक राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुवेत, कतार र बराइन लगायतका देशवाट शव ल्याइएको हो। वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको ६० वटा शव ल्याउने तयारी भइरहेको

कतारमा नियमित उडान, भाडा महंगाे हुँदा श्रमिकले चढ्न पाएनन् जहाज

काठमाण्डौ – नेपाल सरकारले कतार लगायत टर्की र चीनको लागि भनेर जुन ७ देखि नियमित उडान सञ्चालन गर्‍याे । लामो समयदेखि वैदेशिक रोजगारीमा जान रोकिएकाहरु उत्साहित भए । कतार, टर्की लगायत यी देशमा ट्रान्जिट भएर अन्य गन्तव्य देश जान पर्खिरहेका नेपाली श्रमिकमा खुसी छायो । हप्तामा दुई वटा मात्रै हुने भए पनि नियमित उडान भनेपछि पहिलेकै भाडादरमा जान पाइने भो भनेर ढुक्क भए । तर जब नियमित भनिएको उडानको लाखौं रुपैयाँ भाडादर सुने तब छाँगाबाट खसेझैंँ भए ।कतार जानको लागि महिनादिन देखि पर्खेर बस्नुभएका धनुषाका जीवन साहला...

कतार वा टर्की ट्रान्जिट मिलाएर साउदीबाट नेपाल आउन सकिने

काठमाण्डौ – कतार वा टर्कीलाई ट्रान्जिट बनाएर साउदीबाट नेपाल आउन सकिने भएको छ । नेपाल सरकारले पछिल्लो समय कतार, टर्की र चीनसहित तीन देशसँगका नियमित उडान खुला गरेको छ । योसँगै साउदीमा रहेका नेपाली श्रमिक पनि कतार वा टर्कीलाई ट्रान्जिट बनाएर नेपाल फर्किन सक्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । साउदीबाट सोझै नेपाल जाने फ्लाइट खोल्ने सम्बन्धमा अझै कुनै निर्णय नभैसकेको भए पनि नेपाल जान चाहनेले यी देशलाई ट्रान्जिट बनाएर जानसक्ने दूतावासको भनाइ छ । दूतावासका अनुसार कतार एअरवेज, नेपाल एअरलाइन्स र टर्किस एअ...

तीन मुलुकमा नियमित उडान

प्राधिकरणका अनुसार टर्कीको इस्तानबुलदेखि काठमाडौंसम्म टर्किस एयरलाइन्स र काठमाडौंदेखि कतारको दोहासम्म कतार एयरवेज र नेपाल एयरलाइन्सले उडान भर्नेछन्। काठमाडौं–दिल्ली रुटमा एयर बबल प्रणाली अन्तर्गत एयर इन्डिया र नेपाल एयरलाइन्सले उडान जारी राख्नेछन्।...

जुन ७ देखि नेपाल र कतारबीच नियमित उडान

काठमाण्डौ – आउँदो सोमबार अर्थात् जुन ७ देखि नेपाल र कतारबीच नियमित उडान सुरु हुने भएको छ ।साताको प्रत्येक सोमबार नेपाल एयरलाइन्स र कतार एयरवेजले काठमाण्डौ दोहा उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरवेज सोमबार बिहान ९ बजेर १० मिनेटमा  काठमाण्डौ आइपुग्ने छ भने त्यसै दिन ११ बजेर ५ मिनेटमा फेरि कतार उड्ने छ ।प्रत्येक सोमबार नेपाल एयरलाइन्स रातीको १० बजेर ५ मिनेटमा दोहा उड्ने छ भने भोलिपल्ट बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौ आइपुग्ने उडान तालिका तय भएको प्राधिकरणले जनाएको छ ।  याे उडान ...

नयाँ मापदण्डसहित चीन, टर्की र कतार नियमित उडान हुने

कोरोना भाइरसको नयाँ लहर सुरु भएसंगै स्थगित भएको नेपालको अन्तर्राष्ट्रिय उडान आज (जेठ १८)बाट उडान खुला भएको छ । पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर उडान हुनेछ । हवाई उडान सुरु गर्ने तयारीसंगै सरकारले सोमवार नयाँ मापदण्ड जारी गरेको छ । सङ्क्रमण नियन्त्रण तथा रोकथाममा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली र विदेशी नागरिकको …

जेठ १८ देखि कतारमा नियमित उडान - थाहा पाउनुहोस् यी कुरा

काठमाण्डौ – आउँदो जेठ १८ अर्थात् पर्सिदेखि कतारको लागि नियमित उडान खुल्ने भएका छन् । नेपाल सरकारको जेठ १३ गतेको निर्णय अनुसार कतारसहित चीन र टर्कीको लागि नियमित उडान सञ्चालन गरिने भएका हुन् । नेपाली श्रमिकको लागि कतार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य देश हो । योसँगै वैदेशिक रोजगारीको लागि कतार जान रोकिएका नेपाली श्रमिक सहजै कतार जान पाउने भएका छन् । यस्तै कतारबाट फर्किन नपाएका नेपालीहरु पनि केही स्वास्थ्य मापदण्डका साथ सहजै स्वदेश फर्किन सक्ने छन् । यसरी अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुका ला...

अब चार मुलुकमा नियमित उडान

१४ जेठ, काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ । चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

कतारसहित तीन देशमा नियमित उडान खोल्ने सरकारको निर्णय

काठमाण्डौ – सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि  चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।   कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको उहाँले जानकारी दिनुभयो । तीनै देशबाट सातामा एउटा मात्र उडान हुने छ । एअर बबल सम्झौता अन्तर्गत अहिले पनि भारतमा सातामा दुई उडान न...

चीन, कतार र टर्कीको उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले जुन १ अर्थात् जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको एक मन्त्रीले बताए । चार्टर उडानमा वायुसेवा र एजेन्टको […]