काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको छ। निषेधाज्ञाका कारण नियमित उडान नहुँदा शव ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।बोर्डले निषेधाज्ञाको समयमा ३२ वटा शव नेपाल ल्याएको छ। नियमित उडान बन्द भएपनि चार्टर उडानमार्फत विदेशमा अलपत्र परेको शव ल्याइएको बोर्डका निर्देशक राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुवेत, कतार र बराइन लगायतका देशवाट शव ल्याइएको हो। वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको ६० वटा शव ल्याउने तयारी भइरहेको