केन्द्रीय परिषद् बैठकमा रामकुमारी झाँक्री पुगिन्, पद गएका अन्य नेता अझै पुगेनन्

नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद् बैठकमा मन्त्री पद गुमाएकी रामकुमारी झाँक्री पुगेकी छन् । तर, पद गएका अन्य नेताहरु प्रेम आले, किसन श्रेष्ठ र विरोध खतिवडा अझै बैठक स्थलमा पुगेका छैनन् ।  प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा अध्यक्ष माधव नेपालले सम्बोधन थालिसक्दा उनीहरु बैठकस्थल नपुगेका हुन् । उनीहरुले मन्त्री पद जाने भएपनि चर्को लबिङ गरेपनि पद भने जोगाउन सकेका थिएनन् । समाजवादीका ४ मन्त्री र एक राज्यमन्त्रीको आजै शपथ भइसकेको छ । पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह नि

सम्बन्धित सामग्री

अहिलेसम्म को-को पुगे एमालेको चियापनमा (तस्बिरहरु)

चियापनमा प्रधानमन्त्री दाहाल पनि सहभागी भएका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल, समाजवादीकै सचिव रामकुमारी झाँक्री पनि सहभागी छन्।...

आन्दोलन हाँकेका ३ नेता भन्छन् : प्रश्नदेखि डराउनुहुन्न

२५ माघ, काठमाडौं । २०६२/०६३ सालको जनआन्दोलनमा सडक प्रदर्शनको नेतृत्व गर्नेमा अहिलेका नेताहरु गगन थापा, रामकुमारी झाँक्री, प्रदीप पौडेल लगायत थिए । त्यतिबेला थापा र पौडेल नेपाल विद्यार्थी संघमा र झाँक्री अनेरास्ववियुमा थिए । पार्टीको नेतृत्व तहमा पुगिसकेका यी तीन नेता बुधबार लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ कार्यक्रममा […]

एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन : रामकुमारी झाँक्री

काठमाडौं, ८ फागुन : नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् । संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गरेकी हुन् । एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको […]

रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै

नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छिन् ।

रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै

नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्। बिहीबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीले पाउने निर्णय गरेको थियो।

पार्टी फुटपछि नेतृ रामकुमारी झाँक्री

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार निर्वाचन आयोगमा आफ्नै छुटै दल नेपाल कम्युनिष्ट पार्टी एमाले (समाजवादी) दर्ता गरि फर्किदै  गर्दा सञ्चारकर्मीहरूसंग कुरा गर्दै नेतृ रामकुमारी झाँक्री । तस्बिर , रासस

यी हुन् स्पष्टीकरण सोधिएका एमाले नेता र सांसद

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउन भूमिका खेलेको ११ जनालाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोधिएका नेता र सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल र भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री,कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी,कलिला खातुन र निरा जैरु रहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

रिहा भइन् रामकुमारी झाँक्री

प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छन्।

रामकुमारी झाँक्री रिहा

काठमाडाैं : नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ।उनलाई प्रहरीले घरमै लगेर छाडिदिने सर्तमा रिहा गरेको हो। राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो। नेत्री झाँक्रीलाई रिहा गर्न चाैतर्फी दबाब बढेको थियो। नेकपाकै केही नेता उनलाई भेट्न पुगेका थिए।

रिहा भइन् रामकुमारी झाँक्री

प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छन्।