काठमाडौं।बिहीबारदेखि काठमाडौंंमा साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस सञ्चालन भएका छन्।बिहीबार साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो।यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ।अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बसले सेवा थालेका छन्। यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन्।
काठमाडौं : साझा यातायातले आजबाट तीनवटा विद्युतीय बस संचालनमा ल्याएको छ। ललितपुरको पुल्चोकबाट आज विद्युतीय बसको शुभारम्भ गरिएको हो।
आजबाट संचालनमा आएको दुईवटा बसहरु नयाँ बसपार्क/ बालाजु- ठमेल- रत्नपार्क-सिंहदरबार- बानेश्वर- मीनभवन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म संचालन हुनेछन्। यस्तै, एउटा बस भने लगनखेल- लैनचौन- बाँसबासी हुँदै बूढानीलकण्ठसम्म संचालन हुनेछ। सबै बसमा…
साझा यातायातले बिहीबारदेखि ३ नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षण पश्चात् आजदेखि सेवा सुरु भएका हुन् । काठमाडौँ उपत्यकामा चल्ने यी विद्युतीय सवारीमा महिला चालक र सहचालक समेत परिचालन गरिएका छन् ।चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बसको ग्रेडबिलिटी टेस्ट पनि सम्पन्न भइसकेको छ । यस्तै बाँकी ३७ वटा बस पनि आगामी दिनमा डेलिभर हुनेछन् ।साझाले प्रति बस डेढ करोड रुपैयाँमा ४० वटा ९ मिटर लामो यस किसिमका बसको लागि करिब ६१ करोड