साझा यातायातले बिहीबारदेखि ३ नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षण पश्चात् आजदेखि सेवा सुरु भएका हुन् । काठमाडौँ उपत्यकामा चल्ने यी विद्युतीय सवारीमा महिला चालक र सहचालक समेत परिचालन गरिएका छन् ।चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बसको ग्रेडबिलिटी टेस्ट पनि सम्पन्न भइसकेको छ । यस्तै बाँकी ३७ वटा बस पनि आगामी दिनमा डेलिभर हुनेछन् ।साझाले प्रति बस डेढ करोड रुपैयाँमा ४० वटा ९ मिटर लामो यस किसिमका बसको लागि करिब ६१ करोड