जनता समाजवादी पार्टी (जसपा) का सांसदहरूको मत विभाजित हुने भएको छ। महन्थ-राजेन्द्र पक्षका सांसदहरू तटस्थ बस्ने भएका छन् भने उपेन्द्र यादव पक्षका सांसदहरूले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने भएका छन् ।
आज प्रतिनिधि सभामा सम्बोधन गर्दै जसपाका अध्यक्ष महन्थ ठाकुरले जसपा कसैको पक्ष वा विपक्षमा नालागेर तटस्थ बस्ने बताएका छन् ।
त्यसैगरी जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताएका छन् ।
उपेन्द्रले त्यसो भन्दा जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले टेबुल ठोकेका थिए।
जसपामा कुल ३४ सांसद रहे...