बेलायतमा एक सांसदको छुरा प्रहार गरी हत्या गरिएको छ। बीबीसीका अनुसार सांसद सर डेभिड एमेसको हत्या भएको छ। उनको हत्यालाई प्रहरीले आतंककारी आक्रमणको संज्ञा दिएको छ।
निर्वाचन क्षेत्रमा एक कार्यक्रममा सहभागी हुँदै गर्दा उनीमाथि २५ वर्षीय युवाले छुरा प्रहार गरेको बताइएको छ। ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।…