हाल चीनमा १६ देखि २४ वर्ष उमेर समूहका करिब दुई करोड मानिस कामविहीन रहेका चीनको आधिकारिक तथ्याङ्कमा आधारित सीएनएनको अध्ययनले देखाएको छ । आधिकारिक तथ्याङ्कअनुसार सहरी युवाको जनसङ्ख्या १० करोड ७० लाख रहेको छ ।तथ्याङ्कले ग्रामीण बेरोजगारीलाई समावेश नगरेको बताइएको छ । द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ । सन् २०२२ को मार्चमा १५.३ प्रतिशत बेरोजगार दर रहेकोमा अप्रिलमा बढेर १८.२ प्रतिशत पुगेको छ । त्यसपछिका केही महिनासम्म यो निरन्तर उकालो लाग्दै जुलाईमा १९.९ प