ब्याज अनुदानको सहुलियत कर्जा १ करोडभन्दा धेरै लिनेकाे संख्या गत माघसम्म २ हजार ५५ पुगेकाे छ । बैंक तथा वित्तीय संस्था र लघुवित्तमार्फत ती ऋणीले १ करोडभन्दा बढीका दरले सस्तो ब्याजदरको कर्जा सुविधा लिएका हुन् । माघसम्म १ लाख ४२ हजार ३ सय ४४ जनाले सहुलियत ब्याजको कर्जा सुविधा लिइसकेको राष्ट्र बैंकको तथ्यांक छ । तीमध्ये २ हजार ५५ जनाले १ करोड भन्दा बढी रकमको कर्जा लिएका हुन् ।