काठमाडौं : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा सिर्जना गरिएको नयाँ दरबन्दीमा ‘आफ्ना मान्छे’ नियुक्त गरेको पाइएको छ।गत असोजको अन्तिम साता चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ‘आकस्मिक सिनेट बैठक’ उनले नै बोलाएर सिर्जना गरेको ६३ दरबन्दी सिर्जना गरेका थिए। अहिले त्यही दरबन्दीमा कानुनविपरीत करारमा वीर अस्पतालमा आफ्नै जिल्लाका मानिसलाई कर्मचारीको रूपमा भर्ना गरिएको पाइएको हो।वीर अस्पताल स्रोतबाट थाहाखबरलाई प्राप्त विवरणमा स्वास्थ्यमन्त्र