वैशाख ३ गतेदेखि निगममा ईआरपी प्रणाली

नेपाल आयल निगम वैशाख ३ गतेदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भएको छ । वैशाखदेखि असारसम्म परीक्षणको अभ्यास गरी नयाँ आर्थिक वर्ष (साउन)देखि पूर्ण रूपमा कार्यान्वयन गरिने निगमले जनाएको छ । सफ्टवेयर निर्माणलगायतका प्राविधिक काम सम्पन्न भइसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । ईआरपी प्रणालीमा जान निगमले करिब २५ करोड रुपियाँ लगानी गरेको छ । नियोटेरिड नियो सफ्टवेयरले सफ्टवेयर निर्माणलगायतका प्राविधिक काम गरिरहेको छ ।

सम्बन्धित सामग्री

साउनदेखि ईआरपी प्रणाली पूर्णरूपमा लागू गर्दै निगम

नेपाल आयल निगमले आगामी साउनदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली पूर्णरूपमा लागू गर्ने भएको छ ।म्यानुअल रुपमा रहेको कामलाई डिजिटलाइज गर्नका लागि निगमले वैशाख ३ गतेदेखि सो प्रणाली लागू गरेपनि पूर्णरूपमा भने साउन १ गतेदेखि लागू गर्न लागेको हो ।निगम प्रवक्ता वीनितमणि उपाध्यले साउन १ गतेदेखि ईआरपी प्रणाली पूर्णरूपमा लागू हुन लागेको जानकारी दिए । […]

आयल निगमको अटोमेसन प्रणाली ईआरपी नमान्ने पेट्रोलियम बिक्रेताको घोषणा

३१ चैत, काठमाडौं । इन्धन चोरी र मिसावट कम गर्न नेपाल आयल निगमले वैशाख तीन गतेदेखि लागु गर्न लागेको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली पेट्रोलियम बिक्रेताले नमान्ने घोषणा गरेका छन् । देशभरका पेट्रोल पम्प सञ्चालकहरुको …

आयल निगममा ईआरपी प्रणाली

नेपाल आयल निगमले आगामी शुक्रबारदेखि आफ्ना सबै कार्यालयमा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गर्ने भएको छ ।म्यानुअल रुपमा रहेको कामलाई डिजिटलाइज गर्नका लागि निगमले वैशाख ३ गतेदेखि सो प्रणाली लागू गर्न लागेको हो । वैशाखदेखि परीक्षणका रुपमा ईआरपी प्रणाली सुरु गरिने र असारदेखि पूर्णरुपमा सबै कार्यालयमा लागू गरिने निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए […]