आयल निगमको अटोमेसन प्रणाली ईआरपी नमान्ने पेट्रोलियम बिक्रेताको घोषणा

३१ चैत, काठमाडौं । इन्धन चोरी र मिसावट कम गर्न नेपाल आयल निगमले वैशाख तीन गतेदेखि लागु गर्न लागेको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली पेट्रोलियम बिक्रेताले नमान्ने घोषणा गरेका छन् । देशभरका पेट्रोल पम्प सञ्चालकहरुको …

सम्बन्धित सामग्री

आजबाट आयल निगम ईआरपी प्रणालीमा : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौँ । आजबाट नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली जाने भएको छ । पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित र सुधार -

वैशाख ३ गतेदेखि निगममा ईआरपी प्रणाली

नेपाल आयल निगम वैशाख ३ गतेदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भएको छ । वैशाखदेखि असारसम्म परीक्षणको अभ्यास गरी नयाँ आर्थिक वर्ष (साउन)देखि पूर्ण रूपमा कार्यान्वयन गरिने निगमले जनाएको छ । सफ्टवेयर निर्माणलगायतका प्राविधिक काम सम्पन्न भइसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । ईआरपी प्रणालीमा जान निगमले करिब २५ करोड रुपियाँ लगानी गरेको छ । नियोटेरिड नियो सफ्टवेयरले सफ्टवेयर निर्माणलगायतका प्राविधिक काम गरिरहेको छ ।

आयल निगम वैशाखमा ईआरपीमा जाँदै

नेपाल आयल निगमले तीन महिनापछि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गर्ने भएको छ । आगामी वैशाखमा प्रारम्भिक अभ्यासको तयारी भएको निगमले जनाएको छ । ईआरपी प्रणालीको वैशाखमा प्रारम्भिक अभ्यास गरी साउनदेखि पूर्ण रूपमा लागू गरिनेछ । निगमका अनुसार त्यसका लागि सफ्टवेयर निर्माण लगायतका प्राविधिक काम भइरहेको छ । नियोटेरिड नियो सफ्टवेयरले सफ्टवेयर निर्माण लगायतका प्राविधिक काम गरिरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । ईआरपी प्रणालीमा जान निगमले २५ करोड रुपियाँ खर्च गर्न लागेको छ । अनलाइनबाट ...

चुहावट र मिसावट नियन्त्रण गर्न ‘ईआरपी’ प्रणाली

पेट्रोलियम पदार्थको ढुवानीमा हुने चोरी, चुहावट र मिसावट नियन्त्रण गर्न नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भएको छ । ईआरपीअन्तर्गत बिजनेस प्रोसेस म्यानजमेन्ट सफ्टवेयर जडान गरी ट्याङ्करलाई ई–लकिङ र जीपीएस प्रणालीमा लगिने भएको छ । जसअन्तर्गत निगमको सम्पूर्ण काम कारबाहीलाई डिजिटल प्रविधिमार्फत कम्युटरकृत गरिनेछ । निगमको देशभरका कार्यालयको दैनिक अनुगमन पनि ईआरपीमार्फत हुनेछ ।