साउनदेखि ईआरपी प्रणाली पूर्णरूपमा लागू गर्दै निगम

नेपाल आयल निगमले आगामी साउनदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली पूर्णरूपमा लागू गर्ने भएको छ ।म्यानुअल रुपमा रहेको कामलाई डिजिटलाइज गर्नका लागि निगमले वैशाख ३ गतेदेखि सो प्रणाली लागू गरेपनि पूर्णरूपमा भने साउन १ गतेदेखि लागू गर्न लागेको हो ।निगम प्रवक्ता वीनितमणि उपाध्यले साउन १ गतेदेखि ईआरपी प्रणाली पूर्णरूपमा लागू हुन लागेको जानकारी दिए । […]