दोस्रो म्याद सकिनै लाग्दा पनि बनेन स्वास्थ्य आपूर्तिको भवन

निर्माण सुरु भएको लामो समयसम्म पनि कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणको कामले गति लिन नसक्दा भाडाका घरमा औषधि भण्डारण गर्नुपर्ने बाध्यता छ ।

सम्बन्धित सामग्री

धनगढीमाईमा म्याद सकिँदासम्म आधा पनि बनेन अस्पताल भवन

सिरहाको धनगढीमाई नगरपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने दुई वर्षे म्याद सकिँदासम्म आधा पनि काम भएको छैन। धनगढीमाई नगरपालिका– ९ मुसहर्नियामा सिनर्जी सुवेदी जेभी कुलेश्वर काठमाडौंले ७ मंसिर...

तीन पटक म्याद थप्दा पनि बनेन सिरहाको भगवानपुर सबस्टेसन

सिरहा - सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनकाे काम अझै सम्पन्न हुनसकेकाे छैन । नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सबस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाण्डौको ढिलासुस्तीले सबस्टेसन निर्माणमा ढिलाइ भएको हो । अहिलेसम्म ७७ प्रतिशत मात्र काम भएको छ ।   सरकारको सिङ्गल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सबस्टेसनको भवन, ट्रान्सर्फर जडान विद्युतीय पोल सबै एउटै ...

हेटौडा–कुलेखानी सडक तीन पटक म्याद थप्दापनि बनेन

काठमाडौं । हेटौंडाबाट कुलेखानी हुदै काठमाडौंको सतुङ्गल जोड्ने सडकको म्याद तीन पटक थप हुँदासमेत निर्माण कार्य पूरा हुन सकेको छैन । ट्रयाक खोलेको २० बर्ष भईसक्दा पनि सडक निर्माण हुन सकेको छैन् । हेटौंडालाई काठमाडौंसम्म जोड्ने यो सडकको कुल लम्बाई ६१ किलोमिटर मात्रै छ । २ खण्डमा विभाजन गरेर निर्माण कार्य भइरहे पनि सडक निर्माणको […]

ठेक्काको म्याद सकियो बनेन ट्रमा सेन्टर

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको प्रादेशिक ट्रमा सेन्टर ठेक्का सम्झौताको म्याद सकिँदासम्म भौतिक निर्माणको काम आधा पनि हुन सकेको छैन । हालसम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको साइट हेरिरहेका इन्जिनियर रोशन अधिकारी बताउँछन् । चार तलाको मुख्य भवनसहित एक तले डाक्टर क्वाटर, दुई तले चिकित्सक क्वाटर, चमेना गृहसहित शौचालय निर्माणको कामसँगै सुरु […]

तीनपटक म्याद थप्दा पनि बनेन सडक

राँझा, २० वैशाख । बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेको छैन । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर हालसम्म तीनपटक म्याद थप भए पनि काम […]

सरकारभन्दा शक्तिशाली ठेकेदार : चार जना मुख्यमन्त्री बने, तर एउटा सभाहल बनेन

११ महिना सम्पर्कविहीन बनेको निर्माण कम्पनी भने यतिबेला म्याद थप गराउन दौडधुप गरिरहेको छ ।

सात पटक म्याद थप्दा पनि बनेन सडक

सुर्खेत– पाँच वर्ष पहिला निर्माण सुरू गरिएको रुकुम पश्चिम मुसीकोट नगरपालिकामा रहेको शीतलपोखरी-झुल्खेत-चुन्वाङ सडकखण्डको म्याद सात पटक थप गरिएपनि ठेकेदार सम्पर्कविहीन भएका छन् । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सञ्चालित उक्त सडकखण्ड निर्माणका लागि पि.एच.रएस.एम.एन.एस. जेभीले जिम्मा लिएको थियो । ०७४ सालमा निर्माण सुरु गरिएको उक्त सडकखण्डको काम ठेकेदार कम्पनीको कारण बेलैमा हुन नसकेको आयोजना […]

दुई वर्षमा सकिनुपर्ने १८ किलोमिटर सडक सातपटक म्याद थप्दा पनि बनेन

नेपालको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा राजनीतिक शक्तिको आडमा ठेकेदारहरुले गर्ने बदमासी यति चर्को छ कि यसले मुलुकको अर्थ र समय दुबै खेर गैरहेको छ । काठमाडौं उपत्यकादेखि दुर्गम ग्रामीण क्षेत्रका सडक तथा पुलहरुको अवस्था यस्तै छ । ठेकेदारको लापरवाहीका कारण २०७५ सालमै सकिनुपर्ने रुकुमपश्चिमको एउटा सडक खण्डको म्याद सात पटक थप गरिंदा पनि सम्पन्न भएको …

म्याद सकियो, बनेन पुल

जाजरकोट । जाजरकोट–डोल्पा सडकको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ । दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन् । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रूपगाडमा तोकिएको समयमा बेलीब्रिज पुल निर्माण नभएका हुन् । पुलको जगमा सामान्य पिलर मात्र उठाइएको छ, जबकि हालसम्म पुल निर्माण भइसक्नुपर्ने थियो ।      जाजरकोट खण्डको अधिकांश ठाउँमा पुल निर्माण भए पनि डोल्पामा पुल निर्माण ढिलाइ भइरहेको छ । जाजरकोटको चौखामा मात्र पुल निर्माणमा ढिला भएको छ भने अन्य ठाउँमा निर्माण भइसकेका छन् । जाजरकोट र रुकुमपश्चिमको बीचमा रहेको भेरी नदी तल्लु बगरमा यो आर्थिक वर्षमा मात्र बोलपत्र आवह्वान गरिएको छ । यो लगायत खदाङ, त्रिपुराकोटमा भेरी नदीमा निर्माण हुने पुल हुन् । भेरी कोरिडोरअन्तर्गत डोल्पामा पुल निर्माण नहुँदा अधिकांश सर्वसाधारण हवाईमार्गबाट यात्रा गर्न बाध्य छन् ।       भेरी कोरिडोरमा निर्माण हुन बाँकी रहेका चार पुल असारसम्ममा निर्माण सम्पन्न हुने सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए । हाल सुर्खेतलगायत ठाउँमा पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी कार्य शुरू भइरहेकाले अबको तीन महिनाभित्र जडान समेत सकिने उनको भनाइ छ । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा असारसम्ममा सहजरूपमा यात्रा गर्न सकिने उनले दाबी गरे । भेरी कोरिडोरअन्तर्गत जाजरकोटबाट डोल्पासम्म ११८ किलोमिटर सडक पर्छ । नेपाली सेनाले निर्माण गरेको उक्त सडक तीन वर्षअघि मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो । सडक हस्तान्तरणसँगै सडक डिभिजनले सडकको स्तरोन्नतिदेखि पुल निर्माणको काम थालेको थियो ।       पहिलो चरणमा जाजरकोटको जिरो प्वाइन्ट पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर कालोपत्रको काम शुरू गरिएको थियो । यद्यपि कालोपत्रको काम अहिलेसम्म एक मिटर पनि भएको छैन । सडकको छेउतिर कटानको काम मात्र निरन्तर चलिरहेको छ । जाजरकोट खण्डको भूभागमा वातारणीय प्रभाव मूल्यांकनदेखि अन्य काम सकेर बाँकी सडक कालोपत्रका लागि ठेक्का लगाउने काम शुरू भएको सडक डिभिजनका प्रमुख झाले बताए । जाजरकोट सदरमुकामको पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर सडक कालोपत्रको जिम्मेवारी आठबीसकोट नगरपालिका रुकुमपश्चिमका प्रमुख गोरखबहादुर केसीले लिएका छन् । हालसम्म कालोपत्रको काम सकिसक्नुपर्नेमा अहिलेसम्म एक मिटर पनि कालोपत्रको काम भएको छैन । रासस