सिरहा - सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनकाे काम अझै सम्पन्न हुनसकेकाे छैन ।
नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सबस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाण्डौको ढिलासुस्तीले सबस्टेसन निर्माणमा ढिलाइ भएको हो । अहिलेसम्म ७७ प्रतिशत मात्र काम भएको छ ।
सरकारको सिङ्गल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सबस्टेसनको भवन, ट्रान्सर्फर जडान विद्युतीय पोल सबै एउटै ...