लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँके, नवलपरासी (पश्चिम) र रुपन्देहीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासी (पश्चिम) जिल्लाको सुनवल नगरपालिका–१२ नबिन टोलमा ना ८ ख २८७७ नम्बरको ट्रकले प्रदेश ३–०२–००८ प ४३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।प्रहरीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ सेमलार बस्ने मोटरसाइकल चालक २५ वर्षीय सौरभ सुवेदीको मृत्यु भएको जनाएको छ । उनको जि