बेनी, मंसिर १३ । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हँुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ । भकिम्ली […]
श्रीनगर- पछिल्लो समय भारतको जम्मु कश्मीरमा पर्यटको आगमन बढ्दै जान थालेको छ । भारत सरकारले संविधानको धारा ३७० खारेज गरेयता जम्मु कश्मीर भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि बढ्दै जान थालेको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीरमा पछिल्ला केही वर्षयता आन्तरिकका साथै विदेशी पर्यटकको आगमनमा कीर्तिमानी वृद्धि देखिएको छ । यससँगै जम्मु कश्मीरको पर्यटन […]
काठमाण्डौ – कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ ।
महामारी शुरु हुनुभन्दा अघि कुल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो ।
सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जुलाई महिनामा पाँच हजार छ सय ९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । यो जुलाईमा आएका कुल पर्यटकको सङ्ख्याको नौ दशमलव नौ प्रतिशत हो ।
सन् २०२२ को जुलाईमा भन...
जापानमा पर्यटकको आगमन कोभिड माहामारी पूर्वको अवस्थामा फर्केको जापानको सरकारी तथ्याङ्कले देखाएको छ । कोभिड–१९ महामारीअघि सन् २०१९ अप्रिलसम्मको अवस्थामा पुगेको र यो बर्ष अप्रिलमा जापान आउने विदेशी पर्यटकको सङ्ख्या अघिल्लो बर्षको तुलनामा ६६.६ प्रतिशतले बृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको राष्ट्रिय पर्यटन संगठनका अनुसार चेरी फूलको मौसममा पर्यटनको उच्च वृद्धि भई गत …
काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । कोरोनाको कारण लामो समयसम्म सुस्ताएको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको हो । गएको एक वर्षमा निकुञ्जमा १८ हजार भन्दा बढी पर्यटकको आगमन भएको छ । जसमा सबैभन्दा बढी नेपाली छन् । कोरोनाको कारण विदेशी पर्यटकको आगमन कम हुँदा नेपाली पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको […]
काठमाडौं– कश्मीरमा यो वर्ष कीर्तिमानी संख्यामा पर्यटकले भ्रमण गरेका छन् । कश्मीरको पर्यटन विभागका निर्देशक डा. जीएन इटूलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार कश्मीरमा यो वर्ष कीर्तिमानी संख्यामा पर्यटकको आगमन भएको छ । ‘यदि हामीले पछिल्ला १० वर्षको तुलना गर्ने हो भने यो वर्ष कश्मीर उपत्यकामा कीर्तिमानी संख्यामा पर्यटकहरूको आगमन भएको छ । […]
रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवाको रसुवागढीबाट दुई वर्षदेखि पर्यटक आगमन ठप्प रहेको छ ।
कोरोना भाइरस सङ्क्रमण जोखिमपछि रसुवागढीबाट चिनियाँ तथा विदेशी पर्यटक आगमन ठप्प भएको हो । नाकाबाट मानिसको आवतजावतमा रोक लगाइएको छ । सन् २०२० पछि नाकाबाट पर्यटकको आगमन नभएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताउनुभयो ।
‘२०२० जनवरीपछि नाकाबाट पर्यटक आएका छैनन्’, उहाँले भन्नुभयो, ‘नाकाबाट मानिसको आवतजावत खुला गरेपछि मात्र पर्यटक आउने क्रम सुरु हुनेछ ।’
रसुवागढी अध्याम...
पर्यटकीय क्षेत्र रसुवामा १५ महिनापछि विदेशी पर्यटकको आगमन सुरु भएको छ। विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण २०७६ पुसदेखि विदेशी पर्यटकको आगमन शून्यमा झरेको थियो।...