कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थाल्यो

काठमाण्डौ – कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी शुरु हुनुभन्दा अघि कुल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो । सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जुलाई महिनामा पाँच हजार छ सय ९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । यो जुलाईमा आएका कुल पर्यटकको सङ्ख्याको नौ दशमलव नौ प्रतिशत हो । सन् २०२२ को जुलाईमा भन...

सम्बन्धित सामग्री

लुम्बिनी आउने चिनियाँ पर्यटक बढे

लुम्बिनीमा गत जनवरीसम्म चिनियाँ पर्यटकको आगमन न्यून रहेकोमाम फेब्रुअरिपछि उत्तरी छिमेकी मुलुकका पर्यटक बढन् थालेका छन् । फेब्रुअरिमा ११५, मार्चमा २३६ र अप्रिलमा ४१६ चिनियाँ पर्यटन लुम्बिनी आएका छन् । गर्मी र वर्षा यामका कारण मे महिनामा लुम्बिनीमा अन्य मुलुकका पर्यटकको आगमन घटेको छ । तर चिनियाँ पर्यटकको आगमनमा कुनै कमी आएको छैन । मे […]

बढ्न थाले चिनियाँ पर्यटक

कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो । सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार महिनाको जुलाई महिनामा पाँच …

५ महीनामा पर्यटकको संख्या बढ्यो तर आम्दानी ?

यो वर्ष (सन् २०२३) को ५ महीनामा ४ लाख ४ हजार २३१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । तथ्यांकअनुसार जनवरी महीनामा ५५ हजार ७४ जना, फेब्रुअरी महीनामा ७३ हजार २५५ जना, मार्च महीनामा ९९ हजार ४२६ जना, अप्रिल महीनामा ९८ हजार ७७३ जना र मे महीनामा ७७ हजार ७०३ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरिसकेका छन् । सन् २०२२ को ६ महीनामा २ लाख ३७ हजार चानचुन विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । यसरी सन् २०२२ को ६ महीना र सन् २०२३ को ५ महीनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या तुलना गर्दा सन् लगभग ४५ प्रतिशतले बढी देखिन्छ । त्यसैले यो वर्ष यही गतिमा विदेशी पर्यटकको आगमन भएमा नेपालमा कम्तीमा ९ लाख ५०–६० हजारदेखि १० लाख १०–१५ हजारसम्म संख्या पुग्ने सम्भावना देखिन्छ । सन् २०२२ को ६ महीनामा विदेशी पर्यटकबाट २५ अर्ब ५२ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी भएको थियो । सन् २०२३ मा चाहिँ ५ महीनाको अवधिमा उनीहरूले कति रकम खर्च गरे भन्ने सम्बन्धमा तथ्यांक बाहिर आइसकेको छैन ।  आर्थिक वर्ष २०७७–०७८ (सन् २०२१) को सोही अवधिमा पर्यटन क्षेत्रबाट केवल ६ अर्ब ६९ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिम ताका छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलिएर बिस्तारै विश्वव्यापी रूप लिएको कोभिड–१९ को महामारीका कारण त्यस बेला नेपालको पर्यटन उद्योग मात्रै नभएर विश्वकै पर्यटन उद्योगले अनपेक्षित रूपमा धक्का खानु परेको थियो । तर, अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘कोरोना फ्री’ भनी घोषणा गरिसकेकाले विश्व पर्यटन गतिविधिले तीव्रता लिइरहेको छ ।  हुन त नेपालको पर्यटनको इतिहासलाई हेर्ने हो भने नेपाल सरकारले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको आधिकारिक रूपमा तथ्यांक राख्न थालेको सन् १९६३ देखि मात्रै हो । त्यस यताको लगभग ६० वर्षपछि अर्थात् सन् २०२३ मा फेरि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ, जुन धेरै राम्रो हो ।  नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको यही संख्याको गतिलाई हेरेर नै होला, नेपाल सरकारले सन् २०१८ मा नेपाल भ्रमण वर्ष मनाउने भनी घोषणा गरेको थियो । तर सन् २०१८ मा विविध कारणले गर्दा नेपाल भ्रमण वर्ष मनाउन नसकेपछि फेरि सन् २०२० मा एकै वर्षमा २० लाख विदेशी पर्यटक भित्त्याउने महात्त्वाकांक्षी योजनासहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा र तयारी गरियो । तर, कोभिड–१९ ले महामारीको रूप लिएकाले नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई स्थगित गर्‍यो । सबै तयारी पूरा गर्दै केही कार्यक्रम लागू गरिसकेको र उद्घाटनसमेत भइसकेको भए तापनि यसलाई स्थगित गर्नु परेको थियो । त्यस्तै त्यस बेला नै विश्वको पर्यटन र पर्यटन उद्योगका विज्ञहरूले अब विश्व पर्यटनमा सुधार आउनका लागि कम्तीमा पनि सन् २०२४/२६ सम्म लाग्ने अनुमान गरेका थिए । त्यो पनि सन् २०२१/२२ मा नोभेल कोरोनाभाइरस ठीक भएमा अथवा हराएर गएमा । महामारी रोगका विज्ञहरूले अनुमान गरेभन्दा लगभग १ वर्ष बढी समय लागेको छ, कोरोना महामारी रोकिन वा भनौं कम हुन । त्यो पनि पूर्ण रूपमा बन्द भएको देखिएको छैन । आगामी दिनमा नेपालमा पनि जति सक्दो धेरै भन्दा धेरै चिनियाँ पर्यटक भित्त्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । यसो गर्न सकिएमा नेपाली पर्यटन उद्योगको छिट्टै प्रगति हुने छ । अरू देशका पर्यटकका बारेमा यसै भन्न नसकिए तापनि चिनियाँ पर्यटक साह्रै ‘मक्खिचुस’ भने होइनन् । किनभने, विगत केही वर्षदेखि संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था यूएन–डब्ल्यूटीओलगायत विश्व पर्यटनसँग सम्बद्ध विभिन्न संघसंस्थाले अध्ययन–अनुसन्धान गरेर निकालेको तथ्यांकमा चिनियाँ पर्यटक लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिएका थिए, छन् । साथै चिनियाँ पर्यटक संख्याको आधारमा पनि विश्वकै धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पहिलो स्थान ओगट्ने पर्यटकका रूपमा दरिएका छन्, दरिने गरेका छन् । अहिले चिनियाँहरूकै सहयोगमा पोखरामा ड्रागन बोट प्रतियोगिता आयोजना गरियो । यसमा भाग लिने चिनियाँहरू विमान चार्टर गरेर पोखरामै ओर्लिए । यसले आगामी दिनमा चिनियाँ पर्यटक यसरी नै पोखरा आउने सम्भावना बढेको छ ।  विगतमा भारतीयपछि दोस्रो बढी संख्या चिनियाँ पर्यटकको थियो । अहिले त्यस्तो छैन तैपनि अब चिनियाँ पर्यटक बढ्दै जाने आशा गर्न सकिन्छ । उनीहरूका लागि पोखरा सबैभन्दा आकर्षक नेपालको पर्यटकीय गन्तव्य हो । त्यसैले उनीहरू पोखरामा आउन लालायित नै देखिन्छन् । त्यहाँ बनाइएका विभिन्न पर्यटकीय पूर्वाधारले पनि चिनियाँ पर्यटकलाई लोभ्याएको देखिन्छ । अहिले विमान चार्टर गरेर आएकाले नेपाली व्यवसायीले यसरी चार्टर्ड उडानबाट चिनियाँ पर्यटक नेपाल ल्याउन पहल गर्नुपर्छ । यसो गर्न सके नेपालको पर्यटन पूर्णरूपमा पुनरुत्थान हुने देखिन्छ । तर, उनीहरूले गर्ने खर्च भने यहाँ सञ्चालन हुने गतिविधिमा निर्भर हुने देखिन्छ ।  लेखक पर्यटनकर्मी हुन् ।

अप्रिलको पर्यटक आगमनः चिनियाँ पाहुनाको आगमन ह्वात्तै बढ्यो

पछिल्लो महिना नेपालमा चिनियाँ पर्यटकको आगमनमा ह्वात्तै सुधार देखिएको छ। अप्रिल महिनामा मात्र नेपालमा ४ हजार ७ सय ७० जना चिनियाँ पर्यटक भित्रिएका छन्। हवाई मार्गबाट महिनाभरमा झन्डै एकलाख जना विदेशी पाहुना भित्रिँदा चिनियाँको आगमनमा भने ब्यापक सुधार देखिएको...

बन्दीपुरमा चिनियाँ पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् । कोभिड–१९ को सङ्क्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ पर्यटक आएका हुन् । बन्दीपुरमा लामो समयपछि चिनियाँ पर्यटकको आगमन भएपछि होटल व्यवसायी उत्साहित भएका छन् । होटल हिमालय दरबारका सञ्चालक वैश गुरुङले कोरोनापछि पहिलो पटक चिनियाँ […]

घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटकको लर्को

म्याग्दी : पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा तीन वर्षपछि पहिलोपटक चिनिया पर्यटकको घुइँचो लागेको छ।यतिवेला घोडेपानी र पुनहिल चिनिया पर्यटकले खचाखच भरिएको छ। २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटकको आगमन तीन वर्षपछि सुरु भएको हो। नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुंगा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताइन्।पर

चिनियाँ पर्यटकको अपेक्षा र हाम्रो अवस्था

चीन सरकारले आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई समेत सूचीकृत गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार १५ मार्च २०२३ (१ चैत) देखि चिनियाँ नागरिकलाई एजेन्सीहरूले नेपाल भ्रमणका लागि प्याकेज विक्री गर्न खुला भएको छ । चिनियाँ नागरिकका लागि नेपाल लोकप्रिय गन्तव्य हो । यसो हुनुमा नेपाल चीनको नजिकको मुलुक हुनु र विनाट्रान्जिट सीधा उडानबाट नेपाल आउन सक्नु हो । साथै चिनियाँहरूले भिसा शुल्कसमेत तिर्नु पर्दैन । त्यसैले आगामी दिनमा चिनियाँ पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्ने देखिन्छ । तर, सही नीति लिन नसके संख्या बढे पनि लाभ भने लिन नसक्ने अवस्था आउँछ । नेपालमा कोभिड–१९ को संक्रमण हुनुअगाडि सन् २०१९ मा इतिहासमै सर्वाधिक पर्यटक अर्थात् ११ लाख ९७ हजार १९१ जना नेपाल आएका थिए । उक्त वर्ष चिनियाँ पर्यटकको संख्या १ लाख ६९ हजार ५४३ थियो । फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । अघिल्लो महीना (जनवरी) मा भने १ हजार ४३६ जना चिनियाँ पर्यटक नेपाल आएको तथ्यांक छ । यसले अब चिनियाँ पर्यटकको आगमन बढ्ने संकेत दिन्छ । संसारमा सबैभन्दा बढी खर्च गर्ने पर्यटकको सूचीमा चिनियाँ पनि पर्छन् । तर, नेपालमा त्यस्ता खर्चालु चिनियाँ पर्यटक निकै कम आएको देखिन्छ । कन्जुस पर्यटक नै आए पनि नेपालको पर्यटन व्यवसायले राम्रो अवसर पाएको देखिन्छ । चीनबाट घुमफिरमा निस्कने धेरैजसो पर्यटक उच्च र मध्यम आय भएकाहरू नै हुन्छन् । चिनियाँ पर्यटकको प्रमुख गन्तव्य पोखरा हो । त्यहाँ उनीहरू प्याराग्लाइडिङ, जिपलाइन, हट एयर बलुन, बन्जी, बोटिङ सबै गर्न रूचाउँछन् । काठमाडौं, पोखरा र चितवन चिनियाँ नागरिकले सबैभन्दा बढी रुचाएका गन्तव्य हुन् । चीनले नेपाल जान खुला गरेको मात्र होइन, नेपालमा हवाई उडान पनि शुरू गरेको छ । अहिले चाइना साउदर्न, एयर चाइना आदिले उडान थालेका छन् । त्यस्तै हिमालय एयरलाइन्सले कुनमिङ र बेइजिङमा नियमित उडान गरिरहेको छ । यसले आगामी दिनमा चिनियाँ पर्यटकको संख्या उल्लेख्य मात्रामा आउने अपेक्षा गर्न सकिन्छ अहिले चीनले धेरै प्रगति गरेको छ । चीन विश्वको पहिलो अर्थतन्त्र बन्दै छ । त्यहाँ मध्यम वर्गको उदय भइसकेको छ । अर्बपतिहरूको संख्या निकै बढेको छ । यसरी चीनमा बढिरहेको समृद्धिबाट नेपालले फाइदा लिन सक्छ । त्यो फाइदा भनेको पर्यटन क्षेत्र नै हो । धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल ल्याउने हो भने यसबाट नेपालको अर्थतन्त्रले लाभ लिन सक्छ । चीन नेपालको दोस्रो व्यापारिक साझेदार हो । चीनसँग व्यापार घाटाको अन्तर पनि निकै ठूलो छ । नेपालबाट वस्तु निर्यात गर्न सकिँदैन किनभने त्यहाँको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन । विश्वभरि नै सस्तो सामान उत्पादन गरेर चीनले ठूला अर्थतन्त्रलाई समेत समस्यामा पारेको छ । यो व्यापारघाटा कम गर्न हामीले सेवा निर्यात गर्नुपर्छ । त्यो भनेको पर्यटन नै हो । नेपालले चीनबाट लाखौं पर्यटक भित्र्याउन सक्छ । अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलियाजस्ता देशमा पनि आजकाल थुप्रै चिनियाँ पर्यटक तथा व्यापारी देख्न सकिन्छ । तीमध्ये २–३ प्रतिशत पर्यटक नेपाल ल्याउन सक्यौं भने लाखौं नेपालीलाई रोजगार बनाउन सकिन्छ । विश्व पर्यटन संघको तथ्यांकले बताएअनुसार अहिले वार्षिक करीब ९ करोड चिनियाँ विदेश भ्रमणमा निस्कन्छन् । त्यसको १ प्रतिशत नेपाल ल्याउन सकिए ९ लाख पर्यटक मात्र चीनबाट आउने रहेछन् । अहिलेका लागि यो अंक निकै ठूलो हो तर असम्भव भने होइन । चिनियाँ पर्यटकको संख्यामा भइरहेको वृद्धि हेर्दा केही वर्षमै त्यो संख्या नभेटिएला भन्न सकिँदैन । तर, उचित प्रचार नीति आवश्यक छ । चिनियाँहरूको नेपालप्रतिको सद्भावलाई समेत दृष्टिगत गरी सरकारी र कूटनीतिक तहबाट पर्यटनको प्रचारका लागि काम गरिनुपर्छ । त्यस्तै चिनियाँ पर्यटकको रुचि र रोजाइअनुसार लगानी पनि आवश्यक हुन्छ । तर, चिनियाँ पर्यटकको रोजाइअनुसार पर्यटन प्रडक्टमा नेपाल निकै पछाडि छ । ठूला पूर्वाधारमा लगानी गरेर साहसिक खेलहरू थपिनुपर्छ । त्यस्तै नेपालमा थीम पार्कको आवश्यकता देखिएको छ । ठूलो लगानीको थीम पार्क बन्न सके चिनियाँ पर्यटकबाट बढी लाभ लिन सकिन्छ । चिनियाँ पर्यटक बढेसँगै चिन्ता पनि थपिएको छ । नेपालमा चिनियाँ लगानी बढ्दो छ । नेपाललाई वैदेशिक लगानी आवश्यक छ । त्यसैले चिनियाँ लगानीलाई पनि स्वागत गर्नुको विकल्प छैन । तर, होटेल, रेस्टुराँजस्ता पर्यटन क्षेत्रमा चिनियाँ लगानी स्वीकार्दा नेपालले नोक्सान खानु परिरहेको तथ्यलाई यहाँनेर बिर्सनु हुँदैन । चिनियाँ वायुसेवा कम्पनीबाट नेपालमा आउने, चिनियाँ लगानीको होटेलमा बस्ने र चिनियाँ रेस्टुराँमा नै खाने धेरैजसो पर्यटकले वीच्याटबाट भुक्तानी गर्छन् । त्यसरी भुक्तानी गर्दा नेपाललाई केही पनि फाइदा हुँदैन । त्यसैले पर्यटन क्षेत्रमा ठूलो पूर्वाधारमा मात्रै चिनियाँ लगानी स्वीकार्नु उपयुक्त हुन्छ । सानोतिनो लगानी गर्न दिँदा नेपाली व्यवसायीलाई नै समस्या पर्छ । कोरोना नआएको भए अहिले ठमेल करीब करीब चिनियाँहरूको नियन्त्रणमा गइसक्ने थियो । अझै पनि चिनियाँ लगानीका होटेलहरू प्रशस्त छन् । त्यसैले चिनियाँ पर्यटकको संख्या गनेर मात्रै हुँदैन, तिनले गर्ने खर्चको भुक्तानी नेपाली च्यानलबाट हुनुपर्छ । चिनियाँ पर्यटकबाट नेपालले त्यति बेला लाभ लिन सक्छ जति बेला उनीहरूलाई पर्याप्त गतिविधिमा सामेल गराई बढीभन्दा बढी खर्च गर्ने सेवा दिइन्छ । नेपालको मनोरम प्रकृति भनेर आए पनि अन्य देशका पर्यटकको दाँजोमा उनीहरू पदयात्रा, हिमाल आरोहण जस्ता गतिविधिमा कमै रमाउने गरेका छन् । त्यसैले चिनियाँ पर्यटन बजारमा आँखा लगाउँदा हामीले यो पक्षलाई ध्यान दिनैपर्छ । लेखक पर्यटन व्यवसायी हुन् ।

पर्यटक आगमन सुधारोन्मुख

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण कायमै भए पनि सन् २०२१ को पर्यटकीय सिजन सेप्टेम्बर र अक्टोबर महीनामा पर्यटक आगमनमा झीनो सुधार देखिएको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको महीनालाई पर्यटकीय सिजन मानिन्छ । यी २ महीनामा सन् २०२० को तुलनामा पर्यटक आगमनमा सुधार देखिएको हो । यी वर्षभन्दा अघिल्ला वर्षको तुलनामा भने यो संख्या अत्यन्त न्यून हो । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीकै वर्षमा देखिएको कोरोना भाइरसका कारण पर्यटक आगमनमा देखिएको सुस्ती यो वर्षको सिजनसँगै झीनो सुधार देखिएको छ । सन् २०२० र सन् २०२१ भन्दा अघिल्ला वर्षको अक्टोबर महीनामा नेपालमा पर्यटक आउने संख्या करीब डेढ लाख हुँदै आएकोमा हालका वर्षमा भने आधा लाख पर्यटक पनि नेपाल आएका छैनन् । सन् २०१९ पछि पर्यटकीय सिजन अक्टोबर महीनामा नेपालमा आउने पर्यटकको संख्यामा सुधार देखिए पनि संख्यात्मक अवस्था भने अत्यन्त न्यून देखिएको हो । उक्त वर्षको अक्टोबरमा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आए पनि सन् २०२१ को अक्टोबरमा भने जम्मा २३ हजार २८४ नेपालमा आएका हुन् । सेप्टेम्बर महीनामा पनि पर्यटक आगमन गतवर्षको भन्दा सुधार देखिएको छ । सन् २०२१ को सेप्टेम्बरमा ९ हजार ८९८ पर्यटक नेपालमा आएका छन् । यसको अघिल्लो वर्ष यही महीनामा जम्मा ५८४ जना आएका थिए । यो वर्षको १० महीनामा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आएका छन् । सन् २०२० मा कुल २ लाख ३० हजार पर्यटक नेपाल आएका थिए । पर्यटकीय सिजन शुरू हुँदै गर्दा र सरकारले नेपाल भ्रमण खुला गरेसँगै पर्यटक आगमनमा सुधार हुन थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार सन् २०२० को अक्टोबरमा भने जम्मा २ हजार २५ जना पर्यटक मात्रै नेपालमा आएका थिए । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२१ मा सबैभन्दा बढी पर्यटक अघिल्लो महीना अर्थात् अक्टोबरमा नेपाल आएका छन् । कोरोना भाइरसको घट्दो संक्रमणदर, खोप लगाउने संख्यामा वृद्धि र पर्यटक आगमनका लागि सहज बनाएपछि पहिलो सिजन महीना अक्टोबरमा पर्यटक आगमनको संख्यामा सुधार देखिएको हो । बोर्डको तथ्यांकअनुसार यो महीनामा भारतीय पर्यटक नै धेरै आएका छन् । यस महीनामा भारतबाट ८ हजार ७३६ पर्यटक नेपालमा आएका छन् । भारतपछि चिनियाँ पर्यटक धेरै आउने भए पनि यो महीनामा भने अमेरिकाबाट आउने पर्यटक धेरै छन् । यस महीनामा अमेरिकाबाट ४ हजार ७११ पर्यटक नेपालमा आएका छन् । यसैगरी बेलायतबाट आउने पर्यटकको संख्या तेस्रो स्थानमा छ । यस देशबाट नेपालमा १ हजार ३८१ पर्यटक आएका छन् । बोर्डको तथ्यांकअनुुसार भारत, अमेरिका र बेलायतबाट नेपालमा आउने पर्यटकको संख्या अन्यको तुलनामा बढी छ । सार्क देश बंगलादेश, भारत, पाकिस्तान, भुटान, श्रीलंकाबाट गरी कुल ९ हजार ४२० जना पर्यटक नेपालमा आएका छन् । यूरोपेली देशहरू बेलायत, पोल्यान्ड, नर्बेलगायत देशबाट कुल ५ हजार ४१९ जना पर्यटक आएका छन् भने क्यानडा र अमेरिका गरी २ देशकै पर्यटक आगमन संख्या उच्च छ । यी देशबाट कुल ५ हजार २७४ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार जनवरीमा ८ हजार ८७४, फेब्रुअरीमा ९ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा १ हजार ४६८, जुनमा १ हजार १४३, जुलाईमा २ हजार ९९१, अगस्टमा ५ हजार ९१७ पर्यटक नेपालमा आएका थिए ।

बढ्न थाले चिनियाँ पर्यटक

कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो ।

भारतीय र चिनियाँ पर्यटक आगमन उत्साहजनक

सन् २०१८ मा नेपाल आउने पर्यटकमध्ये भारतीय र चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सन् २०१८ मा २०१८ मा २ लाख ४ सय ३८ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् भने चिनियाँ पर्यटकको संख्यामा पनि १ लाख ५३ हजार ६ सय २ पुगेको छ ।