काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा व्यक्तिवादमा सवार भएकाले त्यसविरुद्ध विद्रोहमा उत्रिन आह्वान गरेका छन्।
'तपाईँहरु तत्काल केपी ओली गुटबाट छुटकारा पाउनुस्,' पार्टीले औपचारिक मान्यता पाएपछि आफ्ना धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने। उनले केपी ओली जनताको जिम्मेवारीबाट…