निर्वाचन आचारसंहिताबारे आयोगमा सुरु भयो राजनीतिक दलहरुसँगको छलफल

काठमाडौं । निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा छलफल सुरु भएको छ । आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको हो ।  छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी छन् ।  निर्वाचन आचारसंहिता २०७८ लाई संशोधन गर्ने आयोगको तयारी छ । सोहीअनुसार आयोगले दलहरुसँग छलफल गरेको हो ।