चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापारघाटा व्यहोरेको हो । भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल रु पाँच …
२६ चैत, काठमाडौं । पूँजीगत बजेट खर्च १ खर्ब नाघेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आइतबारसम्म सरकारले १ खर्ब ११ करोड ८३ लाख रुपैयाँ पूँजीगत खर्च गरेको छ । यो खर्च लक्ष्यको मात्र २६.३२ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने […]
काठमाडौं : नेपालको कुल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड नाघेको छ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन अनुसार, गत असार मसान्तको तुलनामा असोज मसान्तसम्म सार्वजनिक ऋण ०.२७ प्रतिशतले घटेको हो। गत असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड बराबर थियो।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, पहिलो त्रैमासिक अवधिसम्म नेपालको कुल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड छ भने आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर
काठमाडौं । सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८-७९ को वार्षिक तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’ प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले एक वर्षमै सार्वजनिक ऋण २ खर्ब ७७ […]
The post सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
गत आर्थिक वर्षमा नेपालले १७ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी वैदेशिक व्यापार घाटा बेहोरेको छ । आर्थिक वर्ष २०७८/७९ को साउन महिनादेखि असार मसान्तसम्ममा नेपालले १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको हो ।भन्सार विभागले सार्वजनिक गरेको १२ महिनाको तथ्यांकअनुसार गत वर्ष नेपालको व्यापार घाटा २३ प्रतिशतले उकालो लागेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालको कूल वैदेशिक व्यापार घाटा जम्मा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ थियो । जुन, गत वर्षको तुलनामा ३ खर्ब २१ अर्ब ७० करोडभन्दा
काठमाडौं, असार ८ । चालू आर्थिक वर्षको जेठसम्ममा देशको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि जेठसम्मको ११ महीनामा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । निर्यात १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । आयातको सूचीमा सबैभन्दा माथिबाट […]
काठमाडौं, फागुन ११ । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही […]
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि माघसम्म (७ महिना) को व्यापार घाटा १० खर्ब १५ अर्ब रूपैयाँ पुगेको छ। पोहोर सोही अवधिमा व्यापार घाटा ७ खर्ब ३३ अर्ब रूपैयाँ थियो। पोहोरको तुलनामा आयात करिब ४३ प्रतिशतले बढेको छ।...
काठमाडौं, पुष ८ । चालु आर्थिक वर्षको ५ महिनामा व्यापार घाटा ७ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको तथ्याकं अनुसार मंसिर मसान्तसम्म ८ खर्ब ३८ अर्बको आयातमा निर्यात १ खर्ब २ अर्ब हुँदा व्यापार घाटा ७ खर्ब ३५ अर्ब भएको हो । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ९ […]
निर्यातमा नयाँ रेकर्ड कायम भएको छ । नेपालले १ खर्ब बढीको सामान निर्यात गरेको छ । चालु आर्थिक वर्षको (साउन देखि बैशाख) १० महिनासम्म निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको हो । निर्यात बढेसँगै नेपालको वैदेशिक व्यापार घाटा थोरै भएपनि साँघुरिन मद्यत पुगेको छ । यो वर्ष वस्तु निर्यातमा तेल जन्य पदार्थ प्रमुख रहेको भन्सार विभागले जनाएको छ । भटमासको तेल, कफी चिया र कार्पेटको निर्यातमा वृद्धि भएको छ । आइरन र स्टिलको निर्यात पनि बढेको भन्सार विभागक