कृषिक्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषिक्षेत्रमा दुई गुणा लगानी बढाउन आग्रह गरेका छन् । सोमवार भर्चुअल माध्यमबाट भएको नेपाल राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले कृषिक्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन बैंकलाई आग्रह गरेका हुन् । ‘यो ५७औं वार्षिकोत्सव समारोहसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले विशेषगरी कृषि, पर्यटन र औद्यागिक क्षेत्रको लगानीमा अवश्य पनि वृद्धि गर्नुहुनेछ,’ उनले भने, ‘जसबाट राष्ट्रिय पूँजी निर्माण, उत्पादन तथा रोजगारीमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।’ उनले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउँदै त्यसमा लगानी बढाउन आग्रह गरे । आत्मनिर्भर हुन लगानी अत्यावश्यक रहेको भन्दै मन्त्री शर्माले बैंकले वैदेशिक ऋण भित्त्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने पनि बताए । ‘निजीक्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो,’ उनले भने, ‘यो रणनीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडेल स्थापित गर्नुपर्छ ।’ उनले बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थाहरूलाई पनि शिक्षा दिन सक्नुपर्ने बताए । पछिल्लो समय प्रविधिको युग रहेको भन्दै मन्त्री शर्माले बैंकले शुरू गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डेटा’ (यूएसएसडी) प्रशंसनीय रहेको बताए । यसबाट इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिन सक्ने उनले बताए । त्यस्तै उनले यो प्रविधिबाट वित्तीय साक्षरता तथा वित्तीय पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गरे । सो अवसरमा मन्त्री शर्माले यूएसएसडी सेवाको उद्घाटन तथा ‘उपहार’ पुस्तकको लोकार्पण समेत गरेका थिए । राष्ट्रिय वाणिज्य बैंक २०२२ माघ १० गते स्थापना भएको थियो । हाल यसले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आएको छ ।  

सम्बन्धित सामग्री

कृषि उत्पादनका लागि लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अर्थमन्त्रीको आग्रह

कृषि उत्पादनका लागि लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अर्थमन्त्रीको आग्रह

‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पूँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे […]

नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएका भए तत्काल छाड्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् । विहीवार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैर कानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह […] The post नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएका भए तत्काल छाड्न अर्थमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

परियोजनामा समस्या आए तत्काल खबर गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । सोमबार लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तक्र्रियामा अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । उनले आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै आयोजनामा भएका समस्या समयमै जानकारी गराउन आग्रह गरे । एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको […] The post परियोजनामा समस्या आए तत्काल खबर गर्न अर्थमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपालमै मोबाइल उत्पादन गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, मंसिर १५ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह गर्नु भएको छ । उहाँले बढ्दो आयातलाई निरुत्साहित गरी नेपालमा उत्पादनका लागि सरकारले सहजीकरण गर्ने बताउनु भयो । नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सभामा मन्त्री शर्माले विभिन्न देशबाट अवैध रुपमा आयात हुने मोबाइल फोन रोक्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम […]

दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रुपमा स्वीकार्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन् । शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्था’bout भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन् । मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा […] The post दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रुपमा स्वीकार्न अर्थमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

थप खोप सहयोग गर्न अमेरिकालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन १३। अमेरिकालाई थप खोप सहयोग गर्न अर्थमन्त्री जनादएन शर्माले आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको मुख्य प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण गर्न उनले आग्रह गरेका हुन् । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी मंगलवार अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मालाई भेट्न पुगेका थिए । सो […]