परियोजनामा समस्या आए तत्काल खबर गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । सोमबार लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तक्र्रियामा अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । उनले आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै आयोजनामा भएका समस्या समयमै जानकारी गराउन आग्रह गरे । एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको […] The post परियोजनामा समस्या आए तत्काल खबर गर्न अर्थमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

नेपालमा लगानी गर्न कोरियाको निजीक्षेत्रलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न दक्षिण कोरियाको निजीक्षेत्रलाई आग्रह गरेका छन् । मोरक्कोमा आयोजित विश्व बैंकको वार्षिक बैठकको क्रममा कोरियाका उपप्रधानमन्त्री एवं अर्थमन्त्री चु क्यूङसँग भएको भेटमा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् । नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले लगानीको प्रतिफल प्राप्त गरिरहेकाले कोरियाली कम्पनीलाई पनि नेपालमा लगानीको उपयुक्त अवसर भएको अर्थमन्त्री महतले बताए । नेपालका तुलनात्मक लाभ भएका क्षेत्रमा पूँजी परिचालन गर्न उनले कोरियाली समकक्षीमार्फत त्यहाँको निजीक्षेत्रलाई आग्रह गरेको अर्थ मन्त्रालयले बताएको छ । नेपालमा व्यापार तथा लगानीको वातावरणमा निरन्तर सुधार भइरहेकाले कोरियाली लगानीकर्तालाई झन्झट नहुने आश्वस्त पार्दै उनले भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरीद गर्ने निर्णय गरिसकेको जानकारी गराए । नेपालको जलविद्युत् उत्पादन, प्रसारण र वितरण लाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन क्षेत्रमा लगानी गरे त्यसले राम्रो प्रतिफल दिने विश्वास उनले दिलाए । कोरियाली उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न कोरिया सरकार तयार रहेको बताए । साथै नेपालमा गरिएको केही कोरियाली लगानीमा दोहोरो करसम्बन्धी समस्या रहेको भन्दै त्यसको समाधान गर्न उनले अर्थमन्त्री महतलाई आग्रह गरे ।  कोरियाली उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न कोरिया सरकार तयाररहेको बताएका छन् । यसैबीच, अर्थमन्त्री महतले यूरोपेली संघ (ईयू)का कमिसनर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् । सन् २०१३ देखि ईयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ, जसले नेपाली वायुसेवा कम्पनीले यूरोपको आकाशमा उडान गर्न पाउँदैनन् । ईयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो । २०७९ फागुनमा ईयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो । तर, गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि ईयूको टोली नेपाल अनुगमनमा आएको थिएन । अघिल्लो वर्ष नोभेम्बरमा ईयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायु सेवा कम्पनी हवाई सुरक्षा चासोमै थियो । हरेक ६ महीनामा हवाई सुरक्षा चासोसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने ईयूको हवाई सुरक्षा कमिटीले अहिले नेपालको स्थलगत अनुगमन गरेको अवस्थामा मन्त्री महतले हवाई सुरक्षा चासोबाट हटाउन यूरोपियन कमिसनको टोलीसँग आग्रह गरेका हुन् । भेटमा ईयूका कमिसनर उर्पियालिनेनले उक्त विषयमा छलफल गरिने बताइन् ।

‘क्लाइमेट फन्ड’को रकम प्रयोगमा सहजीकरण गर्न अमेरिकासँग अर्थमन्त्रीको आग्रह

१५ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पर्यावरणसम्बन्धी समस्या भोग्दै आएको नेपालले ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न नपाएको भन्दै यसमा सहजीकरण गरिदिन अमेरिकासँग आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा मंगलबार बिहान नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको […]

डिजिटल कारोबारको अध्ययन गर्न लेखापरीक्षकलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताएका छन् ।नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताए । उनले अडिटरहरु नै डिजिटल कारोबारको विज्ञ भएको पनि बताए […]

बजेटलाई राजनीतिक मुद्दा नबनाउन अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीतिक मुद्दा नबनाउन सबैमा आग्रह गरेका छन् । संसदमा प्रस्तावित बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि उठेको प्रश्नहरूमा जवाफ दिँदै यस्तो आग्रह गरेका हुन् । मुलुकको आर्थिक मुद्दालाई राजनीतिक दृष्टिकोणले हेरियो भने समस्या हुने भन्दै अर्थमन्त्री शर्माले सोही प्रकृतिले हेरिदिन आग्रह गरे । ‘हामीलाई हाम्रो आर्थिक अवस्थाका बारे सबैलाई थाहा छ । सानो अर्थतन्त्रबाट धेरै कुराहरु गर्नुपर्नेछ । सीमित स्रोत साधनबाट मुलुकलाई आर्थिक सम्बृद्धिको बाट

माथिल्लो अरुण सरकारको परियोजना भएकाले ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताउनु भएको छ । नेपाल विद्युत प्राधिरकणले परियोजनामा लगानी जुटाउने उद्देश्यले आयोजना गरेको छलफलमा अर्थमन्त्री शर्माले यो परियोजना सरकारको परियोजना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले लगानीकर्ताहरु लगानी फस्छ भनेर डराउनु नपर्ने बताउनुभयो । उहाँले सरकार […]

आयोजनाको समयावधि नलम्ब्याउन लगानीकर्तासँग अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले निर्माण अवधि लम्बिँदा आयोजनाको लगानीसँगै घाटा बढ्ने बताएका छन् । उनले आयोजनामा विभिन्न समस्या देखाएर निर्माण अवधि लम्ब्याउँदा लगानीकर्ताकै लगानी बढ्ने बताएका हुन् । आज लगानी बोर्डको कार्यालयमा लगानीकर्ताहरूसँगको छलफलमा अर्थमन्त्री शर्माले आयोजनाको अवधि नबढाउन अनुरोध गरे । उनले आयोजनामा रहेका समस्याका बारेमा मन्त्रालयलाई समयमै जानकारी दिन समेत आग्रह गरेका छन् । ‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराउनुभयो’, उनले भने, ‘यस

आवश्यकताका आधारमा आयोजना छनोट गर्न अर्थमन्त्रीको आग्रह

१० वैशाख, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकताका आधारमा आयोजना छनोट गर्न प्रदेश र स्थानीय तह समक्ष आग्रह गरेको छन् । आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनोट गर्न भन्दै उनले सामार्थ्य भन्दा बाहिरका आयोजना छनोट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताएका छन् । बिहीबार अन्तरसरकारी वित्त परिषद्को छैटौं बैठकमा अर्थमन्त्री […]