अध्यागमनका कर्मचारीलाई विमानस्थलभित्र मोबाइल चलाउन रोक

१४ माघ, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीलाई कार्यालय समयमा मोवाइल चलाउन रोक लागेको छ । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको हो । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न कार्यालयले निर्देशन दिएको छ […]

सम्बन्धित सामग्री

धमाधम टिकटकमा बन्देज लगाउँदै ठूला देश, फान्स पनि थपियो

काठमाडौं । फ्रान्सले टिकटकको प्रयोगमा बन्देज लगाएको छ । अपर्याप्त डेटा सुरक्षासम्बन्धी चिन्ताका कारण सरकारी कर्मचारीहरूको फोनमा मनोरञ्जनात्मक प्रयोजनका लागि टिकटक मात्रै नभएर ट्विटर, इन्ष्टाग्रामलगायत अन्य एपहरूको प्रयोगमा समेत रोक लगाइएको छ । यो प्रतिबन्ध तत्कालैदेखि लागू हुने निजामती सेवा मन्त्रालयले शुक्रवार एउटा ट्विटमा भनेको छ । प्रशासन र निजामती कर्मचारीहरूको साइबर सुरक्षा सुनिश्चित गर्न सरकारले निजामती कर्मचारीको पेशागत फोनमा टिकटकजस्ता मनोरञ्जनात्मक एपमाथि बन्देज लगाउने निर्णय गरेको छ । विगत कयौं हप्तादेखि फ्रान्सको यूरोपेली र अन्तरराष्ट्रिय साझेदारहरूले समेत चिनियाँ एप डाउनलोड गर्न र इन्ष्टल गर्नमा प्रतिबन्ध वा बन्देज लगाउने उपायहरू अपनाएको छ । मनोरञ्जनमा प्रयोग हुने एपमा साइबर सुरक्षाका पर्याप्त तह नहुने अनि डेटा सुरक्षा पनि नहुने सार्वजनिक रूपान्तरण तथा सेवा मन्त्री स्टानिस्लास गुएरिनीले बताए । पेशागत कारणका लागि भने यी एपको प्रयोगलाई छूट दिन सकिने उनको भनाइ छ । हालैका हप्ताहरूमा एक पछि अर्को गर्दै अमेरिका, बेलायत, नेदरल्यान्ड, बेल्जियम, न्यूजिल्यान्ड, क्यानडा, भारत, पाकिस्तान, ताइवान र जोर्डनले टिकटकमाथि प्रतिबन्ध लगाएका थिए । टिकटकका कारण उत्पन्न सुरक्षा जोखिमसम्बन्धी चिन्ताहरू विशेषगरी अमेरिकी कानून निर्माता र राष्ट्रिय सुरक्षा अधिकारीहरूले उठाइरहेका छन् । एपले जम्मा गरेर राखेको प्रयोगकर्ता डेटामा चीन सरकारको पहुँच भएको दाबी अमेरिकी कानून निर्माता र राष्ट्रिय सुरक्षा अधिकारीहरूको छ । यो एपले राष्ट्रिय सुरक्षा धरापमा पारेको गएको नोभेम्बरमा एफबीआईको निर्देशक क्रिष्टोफर व्रवेले भनेपछि यसलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेका थिए । गएको महीना यूरोपेली संघ (ईयू)को नीति बनाउने सबैभन्दा ठूला दुई संस्थाले आफ्ना कर्मचारीलाई टिकटक चलाउन रोक लगाएको थियो । पछिल्लो समयमा विभिन्न देशहरूले आफ्नो सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाउने क्रम जारी छ । यही सूचीमा फ्रान्स पनि थपिएको छ । एजेन्सी

एयरपोर्टका अध्यागमन कर्मचारीले ड्युटीमा मोबाइल फोन चलाउन नपाउने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई कामको समयमा मोबाइल फोन चलाउन रोक लगाइएको छ । विभागले सूचना जारी गर्दै आफ्ना कर्मचारीले सेवा प्रदान गर्ने क्रममा ‘डेस्क ड्युटी हावर’ को बेला ‘मोबाइल चलाउनमात्र नभइ साथमा नराख्न पनि निर्देशन दिएको छ । साथै आवश्यक परेमा ‘ल्यान्डलाइन र अफिसियल’ फोन प्रयोग गर्न सकिने व्यवस्था रहेको […]

विमानस्थलका कर्मचारीलाई डिउटीमा रहँदा मोबाईल चलाउन रोक

काठमाडौं, माघ १५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ । अध्यागमन सेवा प्रदान गर्ने क्रममा डेस्क ड्युटी आवरको बेला मोबाइल चलाउन मात्र नभई साथमा नराख्न निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । काममा खटिनु अगाडि निजी फोन लकरमा […]

विमानस्थलको अध्यागमनका कर्मचारीलाई मोबाइल चलाउन रोक

काठमाडौँ – त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न निर्देशन दिएको छ। मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण […]

विमानस्थलका कर्मचारीले ड्युटीमा मोबाइल चलाउन नपाउने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्कका कर्मचारीलाई कार्यालय समयमा मोबाइल चलाउन रोक लगाइएको छ। शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै  डेस्कमा ड्युटीमा रहँदा ‘मोबाइल साथमा नराख्न’ निर्देशन  दिएको हो।विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा खाडी  तथा मलेसिया गई अलपत्र  परेको गुनासो बढेसँगै प्राइभेट मोबाइल चलाउन रोक लगाइएको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए। सोही आशंकामा&n