धमाधम टिकटकमा बन्देज लगाउँदै ठूला देश, फान्स पनि थपियो

काठमाडौं । फ्रान्सले टिकटकको प्रयोगमा बन्देज लगाएको छ । अपर्याप्त डेटा सुरक्षासम्बन्धी चिन्ताका कारण सरकारी कर्मचारीहरूको फोनमा मनोरञ्जनात्मक प्रयोजनका लागि टिकटक मात्रै नभएर ट्विटर, इन्ष्टाग्रामलगायत अन्य एपहरूको प्रयोगमा समेत रोक लगाइएको छ । यो प्रतिबन्ध तत्कालैदेखि लागू हुने निजामती सेवा मन्त्रालयले शुक्रवार एउटा ट्विटमा भनेको छ । प्रशासन र निजामती कर्मचारीहरूको साइबर सुरक्षा सुनिश्चित गर्न सरकारले निजामती कर्मचारीको पेशागत फोनमा टिकटकजस्ता मनोरञ्जनात्मक एपमाथि बन्देज लगाउने निर्णय गरेको छ । विगत कयौं हप्तादेखि फ्रान्सको यूरोपेली र अन्तरराष्ट्रिय साझेदारहरूले समेत चिनियाँ एप डाउनलोड गर्न र इन्ष्टल गर्नमा प्रतिबन्ध वा बन्देज लगाउने उपायहरू अपनाएको छ । मनोरञ्जनमा प्रयोग हुने एपमा साइबर सुरक्षाका पर्याप्त तह नहुने अनि डेटा सुरक्षा पनि नहुने सार्वजनिक रूपान्तरण तथा सेवा मन्त्री स्टानिस्लास गुएरिनीले बताए । पेशागत कारणका लागि भने यी एपको प्रयोगलाई छूट दिन सकिने उनको भनाइ छ । हालैका हप्ताहरूमा एक पछि अर्को गर्दै अमेरिका, बेलायत, नेदरल्यान्ड, बेल्जियम, न्यूजिल्यान्ड, क्यानडा, भारत, पाकिस्तान, ताइवान र जोर्डनले टिकटकमाथि प्रतिबन्ध लगाएका थिए । टिकटकका कारण उत्पन्न सुरक्षा जोखिमसम्बन्धी चिन्ताहरू विशेषगरी अमेरिकी कानून निर्माता र राष्ट्रिय सुरक्षा अधिकारीहरूले उठाइरहेका छन् । एपले जम्मा गरेर राखेको प्रयोगकर्ता डेटामा चीन सरकारको पहुँच भएको दाबी अमेरिकी कानून निर्माता र राष्ट्रिय सुरक्षा अधिकारीहरूको छ । यो एपले राष्ट्रिय सुरक्षा धरापमा पारेको गएको नोभेम्बरमा एफबीआईको निर्देशक क्रिष्टोफर व्रवेले भनेपछि यसलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेका थिए । गएको महीना यूरोपेली संघ (ईयू)को नीति बनाउने सबैभन्दा ठूला दुई संस्थाले आफ्ना कर्मचारीलाई टिकटक चलाउन रोक लगाएको थियो । पछिल्लो समयमा विभिन्न देशहरूले आफ्नो सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाउने क्रम जारी छ । यही सूचीमा फ्रान्स पनि थपिएको छ । एजेन्सी

सम्बन्धित सामग्री

एमक्यापको म्याद पाँच वर्ष थपियो

गोरखा, २५ पुस । झण्डै साढे तीन वर्षदेखिको अन्योलतापछि उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको संरक्षणको जिम्मेवारी पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाको म्याद थप भएको छ । आगामी पाँच वर्षसम्मका लागि कार्यालयको म्याद थप भएको हो । “गएको २०७७ असारदेखि म्याद थपको निर्णय नहुँदा कार्यालय रहने वा नरहने भन्ने अन्योलताका कारण समस्या हुँदै […]

आईपीएलमा थपियो ‘अहमदाबाद टाइन्टस’

काठमाडौं, २५ माघ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको नयाँ टोली अहमदाबादको फ्रेन्चाईज नाम सार्वजनिक गरिएको छ । सिभिसी क्यापिटल्स पार्टनरको स्वामित्वमा रहेको अहमदाबादले सोमबार आफ्नो फ्रेन्चाईज नाम सार्वजनिक गरेको हो । अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम ‘अहमदाबाद टाइन्टस’ राखेको छ। अहमदाबादले टिमको कप्तानी हार्दिक पान्डयाले गर्ने जनाएको छ । नयाँ संस्करणको आईपीएलमा कोरोना संक्रमणको […]

तनहुँ र सुर्खेतमा थपियो निषेधाज्ञा

काठमाडौं । तनहुँमा सवारी साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने गरी निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ । हिजो बसेको कोभिड ब्यवस्थापन बसेको वैठकले सोमबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । उता, सुर्खेतमा पनि एक साता निषेधाज्ञा थप गरिएको छ । सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ […]

स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा, साउन ८ । स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । साउन ७ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर साउन २२ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गरिएको थियो भन्ने […]

स्याङ्जामा साउन २२ सम्म निषेधाज्ञा थपियो

स्याङ्जा । स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । साउन ७ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर साउन २२ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । निषेधाज्ञा खुकुलो पार्दै पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर निजी तथा सरकारी र सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने बताइएको छ ।

साउन १० सम्म थपियो निषेधाज्ञा

काठमाडौं, साउन १ । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै साउन १० गतेसम्म थप गरिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । उपत्यकामा पसल खोल्ने समय एक घण्टा थप गरेको छ । असार ३१ गतेसम्म सबै प्रकारका व्यवसाय ६ बजेसम्म सञ्चालन हुदै आइरहेकामा अब बेलुका ७ […]

स्याङ्जामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा, असार ३१ । स्याङ्जामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । असार ३१ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर असार ७ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गर्ने गरी निजी […]

स्याङजामा असार २५ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङजा, असार १५ । स्याङ्जामा असार २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । असार १५ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ ।जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गर्नेगरी निजी र […]

बर्दियामा एक साता निषेधाज्ञा थपियो

बर्दिया । बर्दियामा जारी निषेधाज्ञा एक साता थपिएको छ । असार १४ गते सम्म जारी निषेधाज्ञा असार २१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले असार २१ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ […]

टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

एजेन्सी । जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन् । कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नु परेको उनको भनाइ छ । सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए । राजधानी... The post टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो appeared first on Purbeli News.