मन्दी कि शिथिलता ? अर्थतन्त्रको अहिलेको अवस्थाबारे यी दुई शब्दमा धेरैको मतान्तर होला तर मतान्तरले तथ्य फेर्न सक्दैन । जनसाधारणको शब्दमा यो मन्दी नै हो तर अर्थमन्त्री वर्षमान पुनका शब्दमा शिथिलता मात्रै । मन्दी ठहरिनका लागि केही ठोस तथ्यांकीय आधार चाहिन्छ ।