आँखा उपचार केन्द्र जुम्ला : १० शय्याको आँखा अस्पताल स्थापना गर्ने

जुम्ला : आँखा उपचार केन्द्र जुम्लाले आँखा अस्पताल स्थापना गर्न अभियान शुरु गएको छ। नेत्र ज्योति संघ जुम्लाले १० शय्याको  चन्दननाथ आँखा अस्पताल स्थापनाका लागि पहल गर्दै आएको छ। आँखा उपचार केन्द्रलाई स्तरोन्नति गरेर चन्दननाथ नेत्र ज्योति संघ आँखा अस्पताल स्थापना गर्न थालिएको बताइएको छ। नेत्र ज्योति संघ जुम्लाका सभापति धनबहादुर बस्नेतका अनुसार हरेक वर्षको २/३ पटक आँखाको शल्यक्रिया गर्न शिविर सञ्चालन भइरहेको छ। तर सधैँ बाहिरबाट चिकित्सक ल्याएर शिविर सञ्चालन गर्नुभन्दा दैनिक शल्यक्रिया हुने गरी आँखा अस्पताल नै स्थापना...

सम्बन्धित सामग्री

दोगडाकेदारको श्रीकोटमा खुल्यो आँखा उपचार केन्द्र

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ।दोगडाकेदार गाउँपालिका, नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र सेभा फाउन्डेशनको सहयोगमा गाउँपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो।दोगडाकेदार गाउँपालिका-३ मा रहेको श्रीकोट स्वास्थ्यचौकी सञ्चालन आएको आँखा उपचार केन्द्रको गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीले उद्घाटन गरे।गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहजरुपमा आँखासम्बन्धी विभिन्न रोगको उपचारका लागि सहज हुने दोगडाकेदार गाउँप

चंखेलीमा आँखा उपचार केन्द्र स्थापना गरिने

सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिने भएको छ। हिमालयन आँखा अस्पताल घोरेपाटन पोखराको प्राविधिक सहयोग र चंखेली गाउँपालिकाको आर्थिक तथा व्यवस्थापनमा पालिका केन्द्र पिप्लाङमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको हो। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालयन आँखा अस्पताल घोरेपाटन पोखरा र चङखेली गाउँपालिकाबीच […]

गेटा आँखा अस्पताल : उपचारका लागि आउने नेपालीभन्दा भारतीय बढी

काठमाडौं  । भारतको उत्तरप्रदेशबाट आएका जितेन्द्र शर्मा धनगढीस्थित नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको गेटा आँखा अस्पताल परिसरमा भेटिए । उनी आफ्ना पाँचजना आफन्तको आँखाको शल्यक्रिया गराउन ३०० किलोमीटरको यात्रा गरेर धनगढी आएका हुन् । जितेन्द्र पहिलोपटक गेटा अस्पताल आएका भने होइनन् । साधारण नेपालीसमेत बोल्न जान्ने उनले अहिलेसम्म आफ्नो गाउँबाट करीब ५०० जनालाई उपचार गराउन गेटा अस्पताल ल्याइसकेको बताए । भारतमा आफ्नो घरबाट करीब ३० किलोमीटरको दूरीमा आँखा अस्पताल भए पनि गेटाको गुणस्तरीय स्वास्थ्य सेवा र सुलभ उपचार शुल्कका कारण आफूहरू भारतमा उपचार नगराई यहाँ आउने गरेको उनले सुनाए । ‘अहिलेसम्म मैले ल्याएका सबैको उपचार एकदमै राम्रो भएको छ । हाम्रो जिल्लामा यहाँ गरेको जस्तो उपचार हँुदैन,’ उनले भने । भारतमा मोतिबिन्दुको शल्यक्रिया गर्दा करीब १५ हजार रुपया खर्च हुने, तर नेपालमा आउने–जाने भाडा र खानासहित ६ हजार रुपयामै उपचार हुने भएकाले आफ्नो जिल्लाका अधिकांश आँखारोगी यहीँ आउने गरेको उनले बताए । उत्तरप्रदेशकै कर्नाेल जिल्लाबाट मोतिबिन्दुको शल्यक्रियाका लागि नेपाल आएका ७५ वर्षीय नथ्थु सिंह प्रसन्न मुद्रामा भेटिए । करीब २ वर्षदेखि मोतीबिन्दुका कारण राम्रोसँग आँखा नदेखेका उनले शल्यक्रियापछि आफूले नयाँ जीवन पाएको अनुभव सुनाए । आफ्नो घरबाट १० किलोमीटर दूरीमै आँखा अस्पताल भए पनि उनलाई त्यहाँभन्दा नेपालमै आँखा उपचार गराउन मन लाग्यो । ‘आफ्नो छिमेकी र पहिले यहाँ आएर उपचार गराएका आफन्तको कुरा सुनेपछि यतै आएँ,’ उनले भने । गेटा आँखा अस्पतालमा आँखा परीक्षण गराउन आउने बिरामीमध्ये ५० प्रतिशत भारतीय नै हुन्छन् । आँखाको शल्यक्रिया गराउन आउनेहरू ६० प्रतिशतभन्दा धेरै भारतीय हुने गरेको अस्पताल प्रशासनले बताएको छ । अस्पतालले नेपालीका लागि सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, डँडेलधुरा र टीकापुरमा दोस्रो तहका अस्पताल स्थापना गरी सेवा प्रवाह गर्दै आएको छ । साथै धनगढीमा हप्तामा एकपटक र कञ्चनपुरको बेलौरीमा महीनामा एकपटक शल्यक्रिया सेवा दिने गरेको छ । गत आर्थिक वर्षमा अस्पतालमा १९ हजार ५८१ जनाको आँखाको शल्यक्रिया भएको थियो, जसमध्ये ११ हजार ५९२ जना भारतीय नागरिक थिए । उक्त अवधिमा अस्पतालबाट ८ हजार २३६ जना भारतीयको मोतिबिन्दुको शल्यक्रिया भएको अस्पतालको तथ्यांक छ । सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालले १८ ओटा आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । अस्पतालले प्रदेशका ९ ओटै जिल्लामा आँखा उपचार सेवा पुर्‍याएको अस्पतालका आउटरिच म्यानेजर रमेशचन्द्र भट्टले बताए । गतवर्ष गेटा आँखा अस्पताल र मातहतका केन्द्र तथा शिविरबाट २ लाख ५१ हजार ८३१ जनालाई सेवा प्रदान गरिएको थियो । तीमध्ये २४ हजार १४१ जनाको शल्यक्रिया भएको थियो । अस्पतालले हरेक वर्ष ६० भन्दा धेरै ठाउँमा आँखा उपचार शिविर निःशुल्क सञ्चालन गर्ने गरेको छ ।

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

चितवन- झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको […]

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीन वटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । च

बागलुङका सबै नगरमा आँखाको उपचार सम्भव

बागलुङ, २५ चैत । जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको हो । सदरमुकाममा धौलागिरि आँखा अस्पताल र बाँकी तीन नगरपालिकामा आँखा उपचार केन्द्रमार्फत सेवा प्रवाह भइरहेको नेपाल नेत्रज्योति सङ्घ बागलुङका अध्यक्ष भरत पुरीले […]

डोल्पाको त्रिपुराकोटमा आँखा उपचार केन्द्र

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिएको छ। ‘नेपाल रेडक्रस सोसाइटी’ कर्णाली प्रदेश आँखा अस्पताल अन्र्तगत त्रिपुरासुन्दरी नगरपालिकाको नगर केन्द्र कोटबगरमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

भद्रपुरमा आँखा उपचार केन्द्र सञ्चालन

भद्रपुर, (झापा) : बिर्तामोडमा रहेको मेची आँखा अस्पतालले भद्रपुरमा सेवा विस्तार गरेको छ। मेची आँखा अस्पताल संघले भद्रपुर नगरपालिका–५ देवीवस्तीमा स्थापना गरेको भद्रपुर आँखा उपचार केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको हो। २२ वर्षअघि स्थापना भएको मेची आँखा अस्पतालले सेवा बिस्तार गर्ने क्रममा भद्रपुरमा उपचार केन्द्र स्थापना गरे...

ठूलावेशीमा आँखा उपचार केन्द्र स्थापना

प्युठानको गौमुखी गाउँपालिका –५ स्थित ठूलावेशीमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारको व्यवस्थापन र गौमुखी गाउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।