काभ्रे । काभ्रेको चौँरीदेउराली गाउँपालिका-६ स्थित प्रभा मावि केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ । मतदान अधिकृतले इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालेको भन्दै विवाद सुरु भएको थियो । त्यस क्रममा आक्रोशित भीडले खाली मतपेटिका तोडफोड गरेपछि मतदान समेत स्थगित भएको थियो । सर्वदलीय बैठकपछि अहिले मतदान पुनः सुरु भएको छ । […]
काठमाडौं : नेपालीको १४औँ महाधिवेशनअन्तर्गत हुने मतदानमा पानीको खाली ट्यांकीलाई मतपेटिका बनाइएको छ।राष्ट्रिय सभागृहमा हुने पार्टीको निर्वाचनमा ५०० लिटरका खाली पानीट्यांकीलाई नै मतपेटिकाको व्यवस्था मिलाइएको छ र ती मतपेटिकाहरू राष्ट्रिय सभागृह पुर्याकइसकिएको छ।देशभरबाट महाधिवेशनका लागि आएका ४७ सय ४३ प्रतिनिधिले मतदान गर्नेछन्। मतदाता र उम्मेदवार नै धेरै हुने भएकाले मतपेटिकाका लागि ठूलो ट्यांकीको व्यवस्था गरिएको हो।यति ठूलो संख्यामा र यति ठूलो आकारमा मतपेटिका नचाहिने भए तापनि धेरै स्थानम