बाँध मर्मतका लागि पानी घटाइएको फेवातालबाट माटो झिकिने भएको छ । तालको सतहमा बर्सेनि माटो थुप्रिने क्रम बढ्दा सतहमा असर परेको भन्दै गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आइतबार उक्त निर्णय गरेको हो । चैतभित्र माटो झिकिसक्ने निर्णय गरिएको पर्यटन मन्त्री विकास लम्सालले बताए ।