क्युबाको राजधानी हवानाबाट १०० किलोमिटर टाढा रहेको मतन्जस शहरमा रहेको एउटा तेल भण्डारमा शनिबार आगलागी हुँदा डिपोमा रहेका १२० भन्दा बढी घाइते भएका छन् । घटनास्थलबाट एक जनाको शव फेला परेको अधिकारीहरुले बताएका छन् । आगो निभाउन प्रयोग भएका १७ अग्नि–नियन्त्रकहरु हराइरहेको रिपोर्ट आएको छ । चट्याङपछि लगत्तै ४ ठूलठूला विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।एक अधिकारीका अनुसार पेट्रोल ट्याङ्कीमा चट्याङ लागेर आगलागी सुरु भएको थियो । खराब मौसम र तिव्र बगिरहेको हावाका कारण आगो छेउका अन्य ट्याङ्की