चट्याङ लागेर एकको मृत्यु

बैतडी । बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती डिलाशैनी गाउँपालिका– ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

सम्बन्धित सामग्री

दैलेखमा चट्याङ लागेर एकको मृत्यु २० घाइते नौ जनाको अवस्था गम्भिर

दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । २० जना घाईते भएका छन् । घाईते भएका २० जना मध्ये नाै जनाको अवस्था गम्भीर रहेको प्रहरीकाे भनाइ छ । चट्याङ लागेर मृत्यु...

दार्चुलामा चट्याङ लागेर एकको मृत्यु

कैलाली । दार्चुलाको नौगाड गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो । वडाध्यक्ष नारायण सिंह ठगुन्नाका अनुसार पार्की घरमा एक्लै थिए । घरका अरु सदस्य भने सदरमुकाम रहेको वडाध्यक्ष ठगुन्नाले बताउनु भयो ।

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बलेवा, ५ असोज: बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली […]

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए ।

पछिल्लो चौबिस घण्टामा चट्याङ लागेर एकको मृत्यु, पाँच जना घाइते

काठमाडौं। पछिल्लो चौबिस घण्टामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका–५ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिकमा चट्याङ लागेर तीन जना घाइते भएका छन्। यस्तै, भोजपुर र ओखलढुङ्गामा एक/एक जना घाइते भएको प्राधिकरणले जनाएको छ।

चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते

काठमाडौं। बितेको चौबिस घण्टामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मोरङको रंगेली नगरपालिका–१ मा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ। यस्तै मोरङको जहदा गाउँपालिका र ओखलढुङ्गाको खिजिदेम्ब गाउपालिका–८ मा एक–एक जना घाइते भएका छन्।

चट्याङ लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी। मुसिकोट नगरपालिकामा चट्याङ लागेर एकको ज्यान गएको छ भने अन्य आठजना घाइते भएका छन्। ज्यान जानेमा मुसिकोट नगरपालिका-४ दजाकोटकी १८ वर्षीया करिश्मा गाहा रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चट्याङले लागेर जुनी गाहा, मेलिना गाहा, जेनित गाहा, तुलबहादुर गाहा, उजुर सिंह गाहा, फटिकला गाहा, चित्रबहादुर गाहा र ज्योति गाहा घाइते भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए। रासस

चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते

काठमाडौं। देशका बिभिन्न स्थानमा परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार तेह्रथुमको आठराई गाउँपालिका-४ मा हिजो परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको हो। सोलुखुम्बु र इलामा एक-एक जना घाइते भएका छन्। २०७८ वैशाख १ गते यता चट्याङ लागेर देशभर १० जनाको मृत्यु भइसकेको छ।

विद्यालयमा पढ्दै गर्दा चट्याङ लागेर विद्यार्थीको मृत्यु

लमजुङ / चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय विनोद विक रहेका छन् । उनको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आज दिउँसो परेको चट्याङ लाग्दा लमजुङ क्ब्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पढ्दै गरेका तीन विद्यार्थी... The post विद्यालयमा पढ्दै गर्दा चट्याङ लागेर विद्यार्थीको मृत्यु appeared first on Purbeli News.

चट्याङ लागेर एकको मृत्यु

महोत्तरीमा चट्याङ  लागेर एकको मृत्यु भएको छ ।  मेघगर्जन र भारी वर्षासँगै सोमबार बिहान परेको चट्याङ  लागेर