चट्याङ लागी पर्सामा एकको मृत्यु, तीनजना घाइते

वीरगञ्ज- मेघ गर्जनसहितको चट्याङ लागेर सोमबार पर्सामा एकको मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन्। चट्याङ लागी मृत्यु हुनेमा वीरगञ्ज महामगरपालिका-२ बस्ने १५ वर्षका सिद्धार्थ उपाध्याय रहेका छन्। बिहान साढे ६ बजेको समयमा सोही स्थानमा रहेको छठिमाई पोखरी नजिकै अचानक चट्याङ लागेर उपाध्यायसहित तीन जना घाइते भएका थिए। घाइतेहरूलाई तत्कालै उपचारको लागि नारायणी अस्पतालमा […]

सम्बन्धित सामग्री

चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु

मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

दार्चुलामा चट्याङ लागेर एकको मृत्यु

कैलाली । दार्चुलाको नौगाड गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो । वडाध्यक्ष नारायण सिंह ठगुन्नाका अनुसार पार्की घरमा एक्लै थिए । घरका अरु सदस्य भने सदरमुकाम रहेको वडाध्यक्ष ठगुन्नाले बताउनु भयो ।

चट्याङ लागेर एकको मृत्यु

बैतडी । बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती डिलाशैनी गाउँपालिका– ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बलेवा, ५ असोज: बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली […]

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए ।

चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते

काठमाडौं। बितेको चौबिस घण्टामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मोरङको रंगेली नगरपालिका–१ मा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ। यस्तै मोरङको जहदा गाउँपालिका र ओखलढुङ्गाको खिजिदेम्ब गाउपालिका–८ मा एक–एक जना घाइते भएका छन्।

गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षिय करिश्मा गाहाको चट्याङ् लागेपनि उपचारको क्रममा मृत्यु भएको हो । दजाकोटका उजिर गाहा र भिमश्री गाहाको घरमा बिहिबार राति चट्याङ परेको थियो । चट्याङ्ले अन्य आठजना घाइते भएका छन् । ६३ बर्षिया उजुर सिहं गाहा, ६२ बर्षिय तथिकला […] The post गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

चट्याङ लागेर पाल्पामा एकको मृत्यु, दुई घाइते

काठमाडौं : पाल्पामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। यस्तै, दुईजना घाइते भएको छन्।तिनाउँ गाउँपालिका–१ का १६ वर्षीय प्रेमबहादुर बगालेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। चट्याङ लागेर गम्भीर भएका बगालेको लुम्बिनी मेडिकल केलज प्रभासमा उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको हो।प्रहरीका अनुसार शनिबार राति करिब ८ बजे तिनाउँ गाउँपालिका–१ कचल मुहान टोलका कर्णबहानदुर उचईएको घरमा चट्याङ परेको थियो। चट्याङले लागेर तिनाउँ–१ का बगाले, १५ वर्षीया इन्दिरा उचाई र रै

चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते

काठमाडौं। देशका बिभिन्न स्थानमा परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार तेह्रथुमको आठराई गाउँपालिका-४ मा हिजो परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको हो। सोलुखुम्बु र इलामा एक-एक जना घाइते भएका छन्। २०७८ वैशाख १ गते यता चट्याङ लागेर देशभर १० जनाको मृत्यु भइसकेको छ।

चट्याङ लागेर रौतहटमा एकको मृत्यु

चट्याङ लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ७ पल्टुआ गाउँका ४० वर्षीय लक्ष्मण महरा रहेका छन्। महराको गुजरा नगरपालिका वडा नम्बर ८ जयराजपुरमा चट्याङ लागेर मृत्यु भएको हो।...