काठमाडौँ – सरकार गठन भएको २३ दिन बित्तिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार गर्न नसक्दा प्रधामन्त्री शेरबहादुर देउवाकै क्षमतामाथि प्रश्न उठ्न थालेको छ। नेकपा एमाले माधवकुमार नेपाल पक्षको प्रतिक्षा गर्दा मन्त्रिपरिषद् बिस्तार हुन नसकेको सत्ता गठबनधनका नेताहरुले दाबी गर्दै आएका छन्। फेरि पनि नेपाल पक्षकै कारण मन्त्रिपरिषद् बिस्तार अझै कम्तीमा एक साता पर धकेलिने संकेत देखिएको छ। […]