लेखनाथ (कास्की) – पोखराको मुख्य बजार महेन्द्रपुलमा अत्यधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र पोखरा महानगरपालिकाको साझेदारीमा रु ९५ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको हो। उक्त शौचालयको आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष रविना थापाले संयुक्त रुपमा उद्घाटन गरे। पोखरा–९ महेन्द्रपुलको सार्वजनिक जग्गामा […]
नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को प्रतिनिधिमण्डलले भेटेर बधाई दिनुका साथै आठ बुँदे मागपत्र प्रस्तुत गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतबार मन्त्रालयमा पुगेको प्रतिनिधिमण्डलले नागरिकता, एनआरएन नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरणलगायत विषयमा मन्त्री साउदको ध्यानार्कषण गराएको हो । सङ्घले गैरआवासीय नेपाली नागरिकता तथा …
प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताउनुभयो । सङ्घको …
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी आचार्यले सन् २०२१ देखि २०२३ सम्मको नेतृत्वका लागि उम्मेदवारीसहित प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । उहाँ अघिल्लो निर्वाचनमा पनि अध्यक्षको प्रत्यासी …
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आयोजनामा लण्डनमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ । सेप्टेम्बर १७ देखि १९ सम्म बेलायतको राजधानी लण्डनमा हुने सम्मेलनमा २५ देशका ३ सयभन्दा बढी नेपाली चिकित्सकहरुको सहभागिता रहने छ ।सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सकहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए । सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्द्धन, प्रयोगशाला, नेपालमा रोक नियन्त्रण केन्द्र, नेटवर्किङलगा
–गणेश खनियाँगैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन् । जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको थियो ।निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो । नवनिर्वाचित पौडेलले तीन हजार ३८ र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गरेका छन्।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १० औं अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोबरमा हुने भएको छ । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति समेत गठन गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गर्नुभएको हो । समितिका प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ …
गैरआवासीय नेपाली सङ्घ जापानमा निर्वाचनमार्फत पदाधिकारी चयन भएका छन् । नयाँ नेतृत्व चयनका लागि दुईसाता लामो गृहकार्य सफल नभएर आइतबार भएको निर्वाचनमार्फत गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले नयाँ कार्यकालका लागि पदाधिकारी टुंगो लगाएको हो । सन् २०१७ देखि २०१९ का लागि काम गर्न इच्छा जनाएका उम्मेदवारबीच सहमति नभएका पदमा निर्वाचन भएको निर्वाचनले विजयी भएकाहरूले फराकिलो…