काठमाण्डौ – शिक्षा आर्जन गर्न पाउने, स्वास्थ्य सेवाको उपयोग गर्न पाउने र बाँच्न पाउने अधिकार प्रत्येक व्यक्तिमा हुन्छ । राज्यको सेवा उपयोग गरी पाउँ भनेर म पटकपटक वडा कार्यालय ,गाउँपालिकाको कार्यालय , स्वास्थ्य बीमा बोर्डहुँदै जिल्ला प्रशासनसम्म पुगेँ । तर, कतैबाट पनि केही भएन । २०७८ साल कात्तिक महिनामा म सिद्धलेक गाउँपालिकाको वडा कार्यालय गएको थिएँ आफ्नो परिवारको बीमा गराउनको लागि । तर, बीमा प्रतिनिधि कार्यालयमा नभएका कारण मैले आफू र आफ्नो परिवारको स्वास्थ्य बीमा गराउन सकिनँ । जनप्रतिनिधिको असहयोगका कारण स्वास्थ्...