कालीगण्डकीमा रोकिएन दोहन

पर्वत । अदालतको आदेश, स्थानीय प्रशासन र स्थानीय तहले प्रतिबन्ध लगाए पनि कालीगण्डकी नदीमा दोहन रोकिएको छैन । पर्वतको जलजला गाउँपालिकास्थित बगरफाँटदेखि बिहादी गाउँपालिका–६ शालिग्रामसम्मको कालीगण्डकी तटीय क्षेत्रमा दोहन भइरहेको हो । सरोकारवालाले अनियन्त्रित रूपमा कालीमा दोहन भइरहेकाले रोक्न माग गर्दै आएका छन् । सर्वोच्च अदालतले असार २९ मा गण्डकी प्रदेशका स्थानीय तह तथा सम्बन्धित प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत उत्प्रेषणको आदेश जारी गर्दै कालीगण्डकी नदीको कुनै पनि स्रोत उत्खनन नगर्न आदेश जारी गरेको थियो । अधिवक्ता प्रकाशमणि शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले यस्तो आदेश दिएको थियो । सर्वोच्चको आदेश पर्वतका स्थानीय तहले पालना गरेका छैनन् भने स्थानीय प्रशासनले पनि दोहन रोक्न ठोस कडाइ गर्न सकेका छैनन् । जिल्लाको फलेवास नगरपालिकाले अदालतको आदेश विपरीत नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाएको छ । जलजलाले खुलाएको ठेक्का रोकेको छ । कुश्मा नगरपालिकाले असारमै ठेक्का लगाउने तयारी बीचमै रोकेको थियो । निर्माण सामग्री उत्खननको ठेक्का रोकेको जलजला पालिकाले नदीजन्य पदार्थ अवैध उत्खनन गर्नेमाथि कारबाही थालेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अवैध रूपमा संकलित गिटी, बालुवालगायत नदीजन्य पदार्थमा गरिएको जरिवानाबाट १ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ । अदालतको आदेशविपरीत उत्खनन गर्नेलाई प्रहरी र प्रशासनले कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै स्थानीय तहले विरोध गर्दै आएका छन् । जलजलाका अध्यक्ष यामबहादुर मल्लले पालिकाको कार्यक्षेत्रभित्र कडाइ गरे पनि अन्य स्थानमा अनधिकृत रूपमा दोहन हुँदा प्रशासन र प्रहरीले चासो नदिएको बताए । जलजलाको वारिबेनी, मोहनचोक, लस्ती, मिलनचोक, खनियाघाट, सारमारे, मालढुंगा, कुश्मा नगरपालिकाको नयाँपुल, साउनेबगर, मोदीबेनी, फलेवासको ज्यामिरेघाट, पाङराङलगायत स्थानमा अत्यधिक दोहन हुने गरेको छ । कालीगण्डकीमा रातीको समय दोहन हुने गरेको तटीय क्षेत्रका बासिन्दाले गुनासो गर्दै आएका छन् । प्रहरीले रातीको समय  गस्ती गर्दै आएको जनाएको छ । प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले दैनिक नदी किनारबाट व्यवसायीका साधन नियन्त्रणमा लिने काम भइरहेको दाबी गरे । कालीगण्डकी नदीमा दोहन हुँदा बहाव परिवर्तनको खतरा बढेको छ । यस वर्ष ठूलो वर्षासँगै तटीय क्षेत्रमा कटान र डुबानको समस्या देखिएको थियो । अधिक दोहनका कारण नदीको स्वरूप परिवर्तन हुने र सौन्दर्यमा ह्रास हुने खतरा बढेपछि कालीगण्डकी बचाउ अभियानसमेत सुरु भएको छ । कुश्माका आरके गिरीको नेतृत्वमा कालीगण्डकी बचाउ अभियान सञ्चालन गरिएको हो । राष्ट्रिय गौरवको योजना बनाएर नदी संरक्षण गर्नुपर्ने र कालीगण्डकीको महत्वबारे राष्ट्रिय अवधारणा बन्नुपर्ने गिरीले बताए । पर्यावरणीय, वातावरणीय, धार्मिक एवं सांस्कृतिक महत्वको कालीगण्डकीको संरक्षणमा सरोकारवालाको चासो बढ्दै गएको छ ।

सम्बन्धित सामग्री

नदी दोहन रोक्न ‘ठेक्का’ बन्द

नदी तथा खोलाहरुमा वर्षेनी बढ्दै गएको ‘दोहन’ रोक्न स्थानीय तहहरुले ठेक्का बन्द गर्ने भएका छन्।

मध्यबर्खामा पनि रोकिएन कालीगण्डकी दोहन

गलकोट, २२ साउन । बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा अवैध दोहन रोकिएको छैन । कानुनी व्यवस्थाको उल्लङ्घन तथा सर्वोच्च अदालतको आदेशविपरीत मध्यबर्खामा समेत दोहन नरोकिएको पाइएको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था भए पनि कालीगण्डकीमा ठूला उपकरणको सहायताले दोहन भइरहेको पाइएको छ । कानुनी व्यवस्था देशभरका नदीलाई […]

खुलमखुला नदी दोहन

राप्ती नदी तथा अन्य खोलाबाट बालुवा, गिट्टी, ढुंगाजस्ता नदीजन्य पदार्थ दोहन पुनः सुरु भएको छ। नियामक निकायले अनुगमन गर्न नसक्दा अहिले जिल्लाका राप्ती नदीसँगै अन्य खोलाहरूको दोहन भइरहेको हो।...

प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य मौन रहेको आरोप

पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दु:ख व्यक्त गरेका छन् ।उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए । पूर्व राष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका […]

चुरेसँगै जोडिएको कामिकाटे खोला दोहन

कञ्चनपुरको चुरेसँगै जोडिएको कामिकाटे खोला दोहन भइरहेको छ। खोला नाला बन्द अवधीमा भीमदत्त नगरपालिकामा पर्ने कामिकाटे खोला दोहन भइरहेको हो। भाँषी ब्रम्हदेब सडकखण्ड नजिकै कामिकाटे खोलाबाट खुलेयाम उत्खनन् भइरहेको छ। वर्षाका...

मध्यबर्खामा कालीगण्डकी दोहन

मध्यबर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमा नै कालीगण्डकी नदीको दोहन भइरहेको पाइएको छ । मङ्गलबार दिउँसो १२ बजे बागलुङ नगरपालिका–४ स्थित फोस्रेखोला पारि जलजला गाउँपालिका क्षेत्रमा नदीजन्य पदार्थ ठूला उपकरणको सहायताले निकालिरहेको थिए ।

रोकिएन कालीगण्डकीको दोहन

म्याग्दी : वर्षौंदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ। नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रमहरु हुने गरेका भए पनि कालीगण्डकी दोहन रोकिएको छैन।अवैधरुपमा नदीको दोहन हुने क्रम बढेर गएसँगै यहाँको पर्यावरण समेत विथाेलिँदै गएको छ। नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका वस्तीहरू खतरामा परेका छन् भने विश्वको एकमात्र नदी कालीगण्डकीमा पाइने धार्मिक र आर्थिक महत्वको महत्वपूर्ण शिला शालिग्राम पनि लोप हुने अवस्थामा पुगेको छ।गण्डकी प्रदेश सरकारले नदीजन्य पदा

राज्यकोषमा मनलाग्दी दोहन

अहिले केन्द्रदेखि प्रदेश तथा स्थानीय तहमा समेत राज्यकोष अनियन्त्रित किसिमले दोहन हुने क्रम बढिरहेको छ । एकातिर मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गइरहेको छ भने अर्कोतर्फ विभिन्न बहानामा राज्यकोषमा लुट मच्चाउने काम बढिरहेको छ । कोभिड संक्रमणका कारण मुलुकको आर्थिक परिसूचक नकारात्मकतातर्फ उन्मुख भइरहेको अवस्थामा राजनीतिक तथा प्रशासनिक नेतृत्वले आर्थिक मितव्ययिता अपनाउने खालका महत्वपूर्ण […] The post राज्यकोषमा मनलाग्दी दोहन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वन र चुरे दोहन गर्न मनलाग्दी ठेक्का

बारा : निजगढ नगरपालिकाले राजस्व संकलनका नाममा वन र चुरे क्षेत्रका खोला दोहन गर्न आफूखुसी ठेक्का लगाएको छ। कानूनी प्रकृया मिचेर नगरपालिकाले वन र चुरेको फेदीमा रहेका साना/ठूला गरी आधा दर्जन खोला दोहन गर्न उत्खनन्‌ ठेक्का लगाएको हो। नगरपालिकाले चालु आर्थिक वर्षभित्रै ठेकेदारहरूलाई चुरेको वन र खोलानाला दोहन गर्न खटाउँदैछ।नगरपालिकाले विगतका वर्षहरूमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अस्वीकृत ठेक्का सूचना पनि चालु आर्थिक वर्षमै एकलौटी निर्णय गरेर निकालेको वन कार्य

अनियन्त्रित दोहन, जथाभावी भण्डारण

रौतहटको वागमती, चाँदी, बकैया तथा धनसर खोलामा नदीजन्य पदार्थको अनियन्त्रित दोहन गरिएको र नदीजन्य पदार्थको जथाभावी भण्डारण गरिएको पाइएको छ ।...