महाराष्ट्रको राजनीतिक संकटको सुरुवात यसपटक शिवसेना भित्रैबाट सुरु भएको छ । शिवसेना नेता तथा महाराष्ट्र सरकारका मन्त्री एकनाथ शिन्देले विद्रोह गरेका छन् । उनले आफूसँग ४० जना विधायकको समर्थन रहेको दाबी गरिरहेका छन् ।पार्टीभित्रको विद्रोहको बीचमा बुधबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आफ्नो विचार व्यक्त गरे । उनले आफूलाई कुर्सीप्रति कुनै लगाव नरहेको र राजीनामा दिन तयार रहेको बताए । उद्धवले कुनै पनि विधायकले आफ्नो विरोध गरे राजीनामा दिने बताएका छन् । यसैबीच उनी मुख्यमन्त्रीको सरकारी नि