बागमती प्रदेशमा हालसम्म कुल ५ हजार ५२४ निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार प्रदेशमा सबैभन्दा धेरै नेपाली काँग्रेसका प्रमुखमा २२, अध्यक्षमा ३४, उपप्रमुखमा १८, उपाध्यक्षमा ३१, वडा अध्यक्षमा ४५९, महिला सदस्यमा ४५१ र दलित महिला सदस्यमा ४३४ र सदस्यमा ९२२ गरी २ हजार ३७७ निर्वाचित भएका हुन्।नेकपा (एमाले) का प्रमुखमा ९, अध्यक्षमा १७, उपप्रमुखमा १७, उपाध्यक्षमा १४, वडा अध्यक्षमा ३४२, महिला सदस्यमा ३९०, दलित महिला सदस्यमा ३८२ र सदस्यमा ७८३ गरी १ हजार ९५४ निर्वाचित भएका छन् । नेक