२०७४ सालको बागमती प्रदेशमा एमाले बलियो शक्तिको रूपमा उदाएको थियो । ११९ वटा स्थानीय तहमध्ये एमालेले धेरैजसो पालिकामा जित निकाल्दै आफूलाई प्रदेशमा ठुलो शक्तिको रूपमा स्थापित गरेको थियो ।स्थानीय तहको आसन्न निर्वाचनमा पनि पहिलो शक्ति बन्ने एमालेको दाबी छ । यद्यपि अहिले एमाले विभाजन भइसकेको छ भने एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशमा बलियो उपस्थिति जनाएको छ ।एमालेका बागमती प्रदेश उपसचिव महेश बर्तौला भने एमालेको पक्षमा जनताको साथ र समर्थन अपार रहेको दाबी गर्दछन् । आ