तीनमा पदका लागि लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा निर्वाचनमा ५ दलीय गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ ।
बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म निर्वाचनको समय निर्धारण गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अधिकृत गेहेन्द्र कुँवरले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए ।
निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ । धेरै मतदाता दाङ पुगिसकेका छन् ।
सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले कमजोर देखिएको छ । लुम्बिनीमा ६ जना उम्मेदवार...