काँग्रेस केन्द्रीय सदस्यमा कमलबहादुर शाहको उम्मेदवारी

नेपाली काँग्रेसका नेता कमलबहादुर शाहले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल तरूण दलका पूर्वउपाध्यक्ष समेत रहेका शाह पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बन्न लागेका हुन् । नीति र नेतृत्वमा हाम्रो प्रवेश, सशक्त काँग्रेस समृद्ध देश भन्ने मूल नाराका साथ आफूले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने शाहले बताएका छन् ।नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको विभिन्न पदमा रहेर काम गरिसकेको १३ औं महाधिवेशनमा पनि भूगोलबाट केन्द्रीय सदस्यको उम्मेदवार भएका थिए ।