प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । मंगलबार एमाले वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि स...

सम्बन्धित सामग्री

ओली प्रवृत्तिमा नलाग्न प्रधानमन्त्री दाहाललाई माधव नेपालको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझैं स्विकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उहाँले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनु भएको हो । पार्टी निकट […]

ओलीलाई लक्षित गर्दै प्रचण्डलाई माधव नेपालकाे आग्रह– आफूलाई 'सुप्रिमाे' नठान्नुस्

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफैँलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ ।  प्रतिनिधि सभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई 'सुप्रिमो' ठान्ने गरेको उल्लेख गर्दै उहाँले त्यस्तो नहुन प्रधानमन्त्री प्रचण्डकाे ध्यानाकर्षण गराउनुभएको हो । उहाँले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि ओलीले आफूले ठिक गरे भनेर अझै पनि अहङ्कार प्रस्तुत गरिरहेको...

आउने चुनावले केपी ओली र उनको पार्टीलाई दण्डित गर्छः मेटमणि चौधरी

दाङ – सहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिर ४ गतेको निर्वाचनले केपी ओली र उनको पार्टी एमालेलाई दण्डित गर्ने दाबी गरेका छन्। दुई पटक प्रतिनिधि सभा विघटन गरेर संविधान मास्ने काम गरेको भन्दै उनले आउने चुनावबाट केपी ओली र उनको पार्टी एमाले दण्डित हुने दाबी गरेका हुन्। दाङको गढवामा निःशुल्क स्वास्थ्य शिवरको उद्घाटन गर्दै लोकतन्त्रको पक्षमा […]

स्थानीय निर्वाचन : अग्रगमनको पक्षमा कि पश्चगमनको पक्ष ?

संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको रक्षा गर्ने र प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्ने सङ्घर्षको मोर्चाको रूपमा आगामी वैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ । दुई पटक प्रतिनिधि सभा विघटन गर्ने केपी ओली नेतृत्वको एमाले नेपालको इतिहासमा पहिलो पटक संविधान सभाबाट बनेको संविधानलाई खारेज गराउन चाहन्छ। एमालेको साँठगाँठ र गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रलाई खारेज गर्न चाहने प्रतिगमनकारी शक्तिसँग भएको देखिन्छ भने संविधान र व्यवस्थाको रक्षा

२०७७ फागुन ११ गतेको अदालती फैसलाबाट केपी ओली रन्थनिए : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७७ फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट केपी ओली रन्थनिएको बताएका छन् । फागुन ११ गते सर्वोच्च अदालतले प्रधानमन्त्री समेत रहेका ओलीले गरेको पहिलो पटकको प्रतिनिधि सभा विघटन बदर गरेको थियो । अध्यक्ष नेपालले जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सर्वोच्चको उक्त फैसलापछि केपी ओलीले पुनः षडयन्त्रका अनेकौँ तानाबाना बुन्न थालेको बताएका हुन् ।‘२०७७ फागुन ११ गतेको उक्त फैसलाबाट रन्थनिएका केपी ओलीले पुनः षडयन्त्रका

एमाले नेताहरु भन्न थाले– राजनीतिक संकटको निकास अब चुनाव मात्र

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले राजनीतिक निकासका लागि चुनाव मात्र विकल्प भएको बताउन थालेका छन् । अहिलेको संसदीय अंक गणितले निकास नदिने भन्दै एमाले नेतृत्वको सरकारले गतवर्षको पुसमा प्रतिनिधि सभा विघटन गरेर चुनावको घोषणा गरेको थियो ।  सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि केपी ओली सरकारले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको थियो । सर्वोच्चको परमादेशले संसद पुनःस्थापना र कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि एमाले नेताहरुले राजनीतिक गतिरोधको निकास चुनाव मात्र भएको बताउन थालेका हुन् । सोमव...

चन्द्र भण्डारीको टिप्पणी : लगाम विहीन केपी ओली, विवेक हिन निर्णय

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकहीन निर्णय गरेको टिप्पणी गरेका छन् ।  उनले शनिवार बिहान एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीले अराजनैतिक संस्कार देखाएको समेत बताए ।  शुक्रवार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेता भण्डारीले यस्तो टिप्पणी गरेका हुन् ।  उनले प्रधानमन्त्री ओली लगामबिहीन भएको समेत टिप्पणी गरेका छन् ।  यस्तो छ उनको ट्वीट लगाम विहीन केपी ओली । अराजनैतिक सस्कार ।विवेक हिन न...

कञ्चनपुरमा प्रतिनिधि सभा विघटन विरुद्ध राष्ट्रिय जनमोर्चाको मसाल जुलससहित सभा

महेन्द्रनगर । केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा आज माघ १४ गते राष्ट्रिय जनमोर्चाले सुक्लाफाँटा नगरपालिकाको बन्साहचोकमा विरोधसभा तथा मसाल जुलुस प्रदर्शन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्ट हुनुहुन्थ्यो । प्रमुख अतिथि नन्दराज भट्टले सम्बोधनको क्रममा प्रधानमन्त्री केपी ओली प्रजातान्त्रिक हुन नसकेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले संविधानको प्रावधान विपरीत प्रतिनिधि सभा विघटन गरेको पनि बताउनुभयो । ओलीको यस खालको कदमले अमेरिकी सम्राज्यवाद र भारतीय समाजवादको चाहनानुसार राजनीतिक अस्थिरता उत्पन्न भएको पनि उहाँले बताउनुभयो । कार्यक्रमको अन्य अतिथिहरूमा राजमो केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, राजमो जिल्लाध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल) कञ्चनपुरका प्रवक्ता लक्ष्मी बडु, तराई–मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल (छैठौं) का महासचिव महेशराज जोशी, जातीय समता समाज महासचिव गोविन्द विक, अखिल (छैठौं) कञ्चनपुरका जिल्लाध्यक्ष महेश भट्ट, जिल्ला सचिव पुष्कर भट्ट, रक्तिम सांस्कृतिक अभियानका कञ्चनपुर जिल्ला संयोजक ललित चन्द, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य कमल साहु, अखिल नेपाल युवक सङ्घका प्रदेश सदस्य भूपेन्द्र भण्डारी, महिला नेतृ गीता भण्डारीलगायत हुनुहुन्थ्यो । कार्यक्रममा महेशराज जोशी, लक्ष्मी बडु, गोविन्द विक, राजाराम चौधरी र रामबहादुर कार्कीले मन्तव्य राख्नुभएको थियो । राजमो सुक्लाफाँटा नगर समितिका अध्यक्ष टुङे बोहराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालन राजमो जिल्ला सचिव अभिमान थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य राजमो जिल्ला कोषाध्यक्ष हरि लम्सालले मन्तव्यमार्फत् र रक्तिम सांस्कृतिक अभियान जिल्ला संयोजक चन्द्रले गीतमार्फत् गर्नुभैको थियो ।

प्रगतिशील लेखक–कलाकारहरू सडकमा ओर्लिंदै

काठमाडौँ । केपी ओली सरकारले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा प्रगतिशील लेखक–कलाकारहरू सडकमा ओर्लिंने भएका छन् । प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयका विरुद्ध २०७७ पुस २६ गते दिउसो १ बजे व्यापक सङ्ख्यामा प्रगतिशील लेखक–कलाकारहरू राजधानीको माइतीघर मण्डलामा उपस्थिति भएर विरोध प्रदर्शन गर्न लागेका हुन् । यसअघि नै प्रतिनिधि सभा विघटनका विरुद्ध आफ्नो मत सार्वजनिक गरिसकेका प्रगतिशील लेखक सङ्घको केन्द्रीय समिति र राष्ट्रिय परिषदका लेखक–कलाकारका साथै पुस २६ गतेको प्रदर्शनलाई नेकपा (मसाल) सम्बद्ध रक्तिम जनसांस्कृतिक अभियान र अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) तथा नेकपासम्बद्ध जनसांस्कृतिक महासङ्घले समेत ऐक्यबद्धता जनाएका छन् । जनसांस्कृतिक महासङ्घका सरल सहयात्रीले पुस २६ गतेको विरोध प्रदर्शनप्रति आफूहरूको ऐक्यबद्धता रहेको युगदर्शनलाई जानकारी दिनुभएको छ । एवम् प्रकारले रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना र अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष डा. गोविन्द आचार्यले पनि पुस २६ गतेको विरोध प्रदर्शनप्रति आफूहरूको ऐक्यबद्धता रहेको बताउनुभएको छ । प्रलेसका ५१ जना लेखक–साहित्यकारहरूको नामावली यस्तो रहेको छ– १. गोपीरमण उपाध्याय, उपाध्यक्ष २. समीर सिंह, महासचिव ३. प्रकाश थापामगर, सचिव ४. बाबुराम आचार्य, सचिव ५. मातृका पोखरेल, सल्लाहकार ६. अमर गिरी, सल्लाहकार ७. रामप्रकाश पुरी, सल्लाहकार ८. डा. बिन्दु शर्मा, सल्लाहकार ९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार १०. डा. कृष्णराज अधिकारी, सल्लाहकार ११. आरएम डङ्गोल, सल्लाहकार १२. मिश्र बैजयन्ती, सल्लाहकार १३. डा. पुष्करराज भट्ट, सल्लाहकार १४. इन्द्र रेग्मी, सल्लाहकार १५. भेषमान गिरी, सल्लाहकार १६. डा. गोविन्द आचार्य, सल्लाहकार १७. तेजेन्द्र प्रसाई, सल्लाहकार १८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य १९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य २०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य २१. जनक रसिक, सचिवालय सदस्य २२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य २३. इन्द्र लामा, केन्द्रीय सदस्य २४. नारायण मरासिनी, केन्द्रीय सदस्य २५. बम बानिया, केन्द्रीय सदस्य २६. नरेश न्यौपाने, केन्द्रीय सदस्य २७. मिन राना, केन्द्रीय सदस्य २८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य २९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य ३०. राजेश विक, केन्द्रीय सदस्य ३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य ३२. जीवन शाही, केन्द्रीय सदस्य ३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य ३४. कमल कार्की, केन्द्रीय सदस्य ३५. पुरु लम्साल, केन्द्रीय सदस्य ३६. बोधकुमार घिमिरे, परिषद् सदस्य ३७. सुवास ...

केपी ओलीबारे प्रचण्डका ५ टिप्पणी (भिडिओ)

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधि सभा विघटन नभई केपी ओली सरकारको विघटन भएको टिप्पणी गरेका छन्।