प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले राजनीतिक निकासका लागि चुनाव मात्र विकल्प भएको बताउन थालेका छन् । अहिलेको संसदीय अंक गणितले निकास नदिने भन्दै एमाले नेतृत्वको सरकारले गतवर्षको पुसमा प्रतिनिधि सभा विघटन गरेर चुनावको घोषणा गरेको थियो ।
सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि केपी ओली सरकारले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको थियो । सर्वोच्चको परमादेशले संसद पुनःस्थापना र कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि एमाले नेताहरुले राजनीतिक गतिरोधको निकास चुनाव मात्र भएको बताउन थालेका हुन् ।
सोमव...