काठमाडौँ । ललितपुरको बालकुमारीमा साथीको हत्या गरेर भागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
उदयपुर घर भएका हरि खड्काको हत्यामा संलग्न २४ वर्षीय जय सिंगारलाई पक्राउ गरिएको हो। २०७८ साउन २८ मा ललितपुर महानगरपालिका वडा नम्बर–९ स्थित गुह्ये पोखरीमा उदयपुरको कटारी नगरपालिका–२ गरास घर भई बालकुमारीमा डेरामा बस्ने खड्काको शव फेला परेको थियो ।