मकवानपुरमा ३ हजार २ सय सुरक्षाकर्मी खटिने

हेटौंडा ।  प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि मकवानपुरमा ३ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्नेलगायत काम गर्नेछन् । चुनावका लागि जनपद प्रहरी, म्यादी, सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्येक मतदान केन्द्रमा खटाउने तयारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । सशस्त्र प्रहरी र […]

सम्बन्धित सामग्री

सेवासुविधा पर्याप्त नहुँदा धमाधम अवकाश लिँदै सुरक्षाकर्मी

काठमाडौं । नेपालका सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीले जागीर छोड्ने क्रम बढेको छ । नेपाली सेना र प्रहरी दुवैतिरका ठूलो संख्याका सुरक्षाकर्मीले पछिल्लो समय स्वैच्छिक अवकाश रोजिरहेका छन् । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार विगत ५/६ वर्षदेखि सुरक्षाकर्मीले चाँडै अवकाश लिने क्रम बढेको हो । आर्थिक वर्ष (आव) २०७४/७५ सम्म ७१ हजार २ सय ८२ नेपाली सेना र ४४ हजार २ सय ७३ प्रहरीले निवृत्तिभरण बुभ्mथे । आव २०७८/७९ मा ९२ हजार ८ सय ८५ नेपाली सेना र ५८ हजार ३ सय ९८ प्रहरीले पेन्सन बुझेको तथ्यांकले देखाउँछ । चालू आव २०७९/८० को १० महीनामा ४ हजार ९ सय ४९ नेपाली सेना र १ हजार ४ प्रहरीले अवकाश लिएका छन् । पछिल्ला वर्षहरूमा स्वैच्छिक अवकाश लिनेमा तल्लो दर्जा (सिपाही, हवल्दार) का सुरक्षाकर्मीको संख्या धेरै छ ।  अहिले नेपाली सेनाले १६ वर्ष र प्रहरीले २० वर्षमा स्वैच्छिक अवकाश दिने गरेको छ । तालीमप्राप्त र अनुभवी सुरक्षाकर्मी अनिवार्य अवकाशको अवधिसम्म सेवामा नबस्दा राज्य उनीहरूबाट लिन सकिने फाइदाबाट वञ्चित भइरहेको छ । साथै आफ्नो ऊर्जाशील समय देशको शान्ति सुरक्षामा लगाएका सुरक्षाकर्मी दीर्घकालसम्म यहीँ किन टिकिरहेका छैनन् त भन्ने प्रश्न पनि उठिरहेको छ ।  पूर्वसुरक्षाकर्मी परिषद् नेपालले कम सेवासुविधाका कारण तल्लो दर्जाका सुरक्षाकर्मीले छिटो अवकाश लिने गरेको बताएको छ । परिषद् अध्यक्ष कमल रावत चौबीसै घण्टा शान्ति, सुरक्षा एवं सीमा रक्षामा खटिने सुरक्षाकर्मीको सेवासुविधा राज्यले बढाउनुपर्ने बताउँछन् ।  ‘स्वैच्छिक अवकाश लिने वा अनिवार्य अवकाशको समयपहिले नै जागीर छोड्ने सुरक्षाकर्मीको संख्या ठूलो छ । सेवासुविधा पर्याप्त नहुँदा यस्तो भएको हो । तल्लो दर्जाका सुरक्षाकर्मीलाई अहिलेको तलब भत्ताले परिवारको गुणस्तरीय जीवनयापन एवं बालबच्चाको शिक्षादीक्षा पुर्‍याउन कठिन परिरहेको अवस्था छ,’ उनले भने, ‘सुरक्षा निकायबाट छिटो बाहिरिने सुरक्षाकर्मीमध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने गर्छन् । नेपालको सुरक्षा निकायमा काम गरेको प्रमाणपत्र भइसकेपछि विदेशमा सुरक्षा गार्डका रूपमा काम गर्दा राम्रो सुविधा पाइने गरेको छ ।’ सुरक्षासम्बन्धी जानकारहरू जीवनको ऊर्जाशील समयमा देशको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन योगदान गरेका सुरक्षाकर्मी आधारभूत आवश्यकताकै लागि विदेशिनु विडम्बनापूर्ण स्थिति भएको बताउँछन् । सुरक्षाकर्मीको सेवासुविधा कम भएको गुनासोमा राज्य गम्भीर हुनुपर्ने सरोकारवालाको भनाइ छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर खडायत भने साह्रै कम तलब भत्ताका कारण मात्रै सुरक्षाकर्मीले छिटो अवकाश लिने गरेको तर्कसँग सहमत छैनन् । ‘छिमेकी देशहरूको तुलनामा नेपालका सुरक्षाकर्मीको सेवासुविधा कम छ । तर, नेपाल सरकारको मापदण्डअनुसार पाइराखेकै छन् । अझ भन्नुपर्दा तलब भत्ता, सेवासुविधा भन्ने कुरा त शुरूमै थाहा भइहाल्छ नि ⁄ सबै कुरा थाहा पाएर नै त सेवामा प्रवेश गरेका हुन्छन्,’ उनले भने । प्रवक्ता खडायतका अनुसार पछिल्लो समय स्वैच्छिक अवकाश बढ्नुको कारण अर्को क्षेत्रमा झन् आकर्षक अवसर र पेन्सन गरी दोहोरो फाइदा लिन सकिने सम्भावनालगायत हुन् । कतिपय सुरक्षाकर्मीले पारिवारिक बाध्यताले गर्दा पनि छिटो अवकाश लिइरहेको उनको भनाइ छ ।

आमनिर्वाचनमा ७ हजार २१९ पर्यवेक्षक खटिने

काठमाडौँ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सात हजारभन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गर्ने भएका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जना पर्यवेक्षक रहनेछन्। पर्यवेक्षणका लागि ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले अनुमति […]

निर्वाचनका लागि बैतडीमा एक हजार बढी कर्मचारी खटाइँदै

स्थानीय तह निर्वाचनका लागि बैतडीमा १ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्। जिल्लाका १ सय २९ मतदानस्थल र २ सय ५ मतदान केन्द्रमा १ हजार १८ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।...

म्यादी प्रहरीको सुविधामा अर्थमन्त्रीको कैची

अर्थमन्त्री जनार्दन शर्माले म्यादी प्रहरीको सुविधामा कैची चलाएका छन् । यसअघि म्यादी प्रहरीलाई पनि चुनावमा खटिने प्रहरी सरह रासन भत्ता उपलब्ध हुँदै आएकोमा अर्थमन्त्री शर्माले यसपटक विभेद गरिदिएका छन् ।यति मात्रै नभई, निर्वाचनको लागि अग्रपंक्तिमा खटिने प्रहरी पनि निर्वाचन आयोगका कर्मचारीको तुलनामा विभेदमा परेका छन् । आयोगका कर्मचारीले भत्ता शतप्रतिशत र अरु विभिन्न सेवा सुविधा पाउँदा सुरक्षाकर्मीलाई भने खाजा खर्च पनि छुट्याइएको छैन ।खट्नुपर्ने ४० दिन, रासन भत्ता २० दिनकोम्यादी प्रहरीहरु ४० दिन खटिने छन् । उनीहरुले एकमुस्ट रुपमा ७ हजार २ सय रासन खर्च पाउनेछन् । तर, दुर्गमका जिल्लामा ७ हजार २ सयले २० दिन मात्रै खान पुग्ने प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।‘म्यादी प्रहरीलाई पनि नेपाल प्रहरीलाई जति नै रासन खर्च दिने गरिन्थ्यो, हामीले पनि सोही अनुसार माग गरेका थियौँ’ स्रोत भन्छ, ‘तर बजेट आउँदा घटेर आयो, अझ सबै जिल्लालाई एकै दरको रासन भत्ता उपलब्ध गराउने कुरा त झन गलत भयो, यो विभेद भयो ।’७७ वटै जिल्लामा खटिने म्यादी प्रहरीलाई एकै दरको रासन भत्ता दिने निर्णय अव्यावहारिक र हिमाली जिल्लामा खटिने म्यादी प्रहरीमाथि अन्याय हुने प्रहरी अधिकारीहरु नै बताउँछन् ।अहिले प्रहरीले न्यूनतम १८१ रुपैयाँदेखि ८६४ रुपैयाँसम्म दैनिक रासन भत्ता पाउँदै आएका छन् । काठमाडौँ उपत्यकामा खट्ने प्रहरीले दैनिक २०१ रुपैयाँका दरले एकमुस्ट ४० दिनको ८ हजार ४० रुपैयाँ पाउँदा म्यादी प्रहरीले जम्मा ७ हजार २ सय मात्र पाउनेछन् ।घरपायक नखटाईनेरासन खर्च कटौती गरेपनि घरपायक ठाउँमा नै खटाउने नीति हुँदा ठूलो अन्याय हुँदैनथ्यो । तर यसपाली म्यादी प्रहरीलाई घरपायक ठाउँमा नखटाउने सुरक्षा नीति छ । घरपायक ठाउँमा खटाउने नीजि नहुँदा म्यादी प्रहरीहरुले घरमै खाना खाएर ड्युटी आउँछु भन्ने अवस्था पनि नरहेको एक प्रहरी अधिकारीले बताउँछन् ।४० दिन खटिने म्यादी प्रहरीले ३० हजार २४० रुपैयाँ तलब, ७ हजार २ सय रासन भत्ता ६ हजार पोशाक खर्च र १ हजार यातायात खर्च गरी कुल ४४ हजार ४४० रुपैयाँ पाउनेछन् ।नेपाल प्रहरीले ९ अर्ब २९ करोड १७ लाख बजेट माग गरेको भएपनि १ अर्ब २२ करोड ४० लाख मात्र बजेट दिइएको छ । प्रहरीले पोशाकमा १४ करोड ५५ लाख माग गरेकोमा ७० लाख दिइएको छ । प्रहरीले ६ अर्ब २१ करोड पुँजीगत खर्च माग गरेकोमा मुस्किलले ४३ करोड ३७ लाख मात्र दिइएको छ । यसअघि १ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्न गृहले बजेट कम भएपछि १ लाख मात्र म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ ।

१ हजार २ सय ९४ जना प्रहरी सङ्क्रमित

काठमाडौंः अहिले दैनिक १० हजारको सङ्ख्यामा कोरोना सङ्क्रमितहरू थपिइरहेका छन्। फ्रन्ट लाइनमा खटिने प्रहरी, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतलाई पनि कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ। अहिलेसम्म नेपाल प्रहरीमा कार्यरत १२ सय ९४ जनालाई कोरोना सङ्क्रमण भइसकेको छ। यसरी सङ्क्रमण भएका मध्ये ९० प्रतिशत होम आइसोलेसनमा नै रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार…