मलेसियाले विदेशी श्रमिकको लागि नयाँ स्वास्थ्य मापदण्ड तोकेसँगै विगत १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने निश्चित भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनभित्र कलिङ भिसा आएर जान नपाएका युवालाई पहिलो चरणमा मलेसिया पठाउने तयारीसहित गृहकार्य सुरु गरेसँगै जेठदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको हो ।