मलेसियामा कागजपत्रविहीन विदेशी कामदारलाई राहत

काठमाडौं । मलेसियाले आगामी १ मार्चदेखि आप्रवासी स्वदेश फिर्ता कार्यक्रम सुरु गर्ने भएको छ । यस कार्यक्रमबाट कागजपत्रविहीन विदेशी कुनै कारबाहीबिना नै आफ्नो देश फर्कन पाउने छन् । यद्यपि, केही शुल्क भने तिर्नुपर्ने छ । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुशन इस्माइलका अनुसार, यस कार्यक्रमबाट कागजपत्रविहीन विदेशीलाई कारबाहीबिना नै स्वदेश फिर्ता पठाइने छ । मलेसिया सरकारले गत […] The post मलेसियामा कागजपत्रविहीन विदेशी कामदारलाई राहत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मलेसियामा बाढीका कारण तीन जनाको मृत्यु चालीस हजारभन्दा बढी विस्थापित

क्वालालम्पुर,२१ फागुन । मलेसियामा बाढीका कारण शनिबारसम्म विभिन्न राज्यहरूमा ४० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । सबैभन्दा बढी जोहर राज्यमा परेको सरकारी तथ्याङ्कले देखाएको छ । जोहोरमा मात्रै ३७ हजार भन्दा बढीलाई बाढी राहत केन्द्रहरुमा सारिएको छ भने प्रायद्वीप मलेसियाको पहाङ, नेगेरी सेम्बिलन, मलाक्का राज्यहरूमा विस्थापितहरूको सङ्ख्या कम छ । बुधवार, बाढीको पानीले […]

मलेसिया बाढी : हजारौं मानिसले छाडे घर

क्वाललम्पुर– मलेसियमा बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन् । सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएका छन् । घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ। आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ । मलेसियामा वर्षको यो महिनामा वर्षा हुने गरेको […]

मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गयो,  ७० हजार भन्दा धेरै विस्थापित

काठमाण्डाै – मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको छ । बाढीका कारण ७० हजारभन्दा धेरै नागरिक विस्थापित भएका छन् । बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक अरु सात वटा प्रान्त बाढीबाट बढी प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । उद्धारकर्ता तथा सरकारी निकायले विस्थापितलाई राहत तथा पुनर्स्थापनका लागि सहयोग वितरण गरिरहेका छन् । बाढीका कारण सडक, विद्युत, सञ्चारलगायतका ...

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

काठमाडौं : मलेसियामा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। भीषण वर्षाका कारण आएको बाढीका कारण २१ हजार भन्दा बढी मानिस विस्थापित भएको रोयटर्सले जनाएको छ। बाढीका कारण विभिन्न ७ वटा राज्य प्रभावित भएको छ।पछिल्लो समय पेराक राज्य बाढीको चपेटामा परेको हो। शुक्रबार बिहानबाट सुरु भएको भारी वर्षाले दर्जनौं सडक अवरुद्ध बनाएको छ। प्रधानमन्त्री इस्माइल साबरी याकोबले पत्रकार सम्मेलन गर्दै १५ हजार मानिसहरूलाई सय भन्दा बढी राहत केन्द्रहरूमा सारिएको बताएका छन्।

वैदेशिक रोजगारीमा न्यूनतम पारिश्रमिक

कतारले मार्चदेखि विदेशी कामदारलाई न्यूनतम पारिश्रमिक ३० हजार रुपैयाँ दिन थालेको छ । पारिश्रमिक बढेपछि त्यहाँ कार्यरत साढे ४ लाख नेपालीले राहत महसूस गरेका छन् । तर खाडीका अन्य मुलुक र मलेसियामा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको छैन । अन्य मुलुकमा पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने विज्ञहरू बताउँछन् । ‘कतारको सिको गरेर अरू देशले पनि न्यूनतम पारिश्रमिक तोक्नुपर्छ,’ श्रमविज्ञ डा.गणेश गुुरुङले भने, ‘अनि मात्रै वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक लाभान्वित हुनेछन् ।’  अर्थविद् ज्...

विदेशमा समस्यामा परेका दश हजार श्रमिकलाई राहत : दुई लाखको उद्धार

कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा दुई जना र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० देशमा ३१७ पुगेको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८४६ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५१ हजार ११६ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९३ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रीका, बेलायत भारत र संयुक्त अरब इमिरेट्समा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

मलाय सबटाइटलसहित मलेसियामा फिल्म 'साढे सात' :: Pahilopost.com

काठमाडौं: फिल्म 'साढे सात' मलेसियामा पनि प्रदर्शन हुने भएको छ। मलेसियामा मलाय भाषाको सबटाइटलसहित फिल्म सार्वजनिक हुने जानकारी दिइएको हो। फिल्मका निर्माता नरेशदेव पन्तका अनुसार मलेसियामा ७०० सिनेमा हल छन्। उनले भने,'यसरी हाम्रो फिल्म प्रदर्शनको लागि माग गरिनु व्यवसायिक पाटोमा राहत मिल्नु हो।' उनका अनुसार फिल्म साढै सातको ट्रेलर

मलेसियामा अवैध कामदार बस्न पाउने अवधि थपियो

मलेसियामा अवैध रुपमा बसोबास गर्दै आएकालाई घरफिर्तीको समय थप गरिएको छ। अवैध कामदारलाई ३१ डिसेम्बरसम्म घर फर्कनुपर्ने वा वैध हुनुपर्ने विकल्प दिइएकोमा यो अवधि बढाइएको हो। अब जुन ३० तारिखसम्म यो अवधि राखिएको छ। अर्थात साढे ५ महिनाको अवधि थपिएपछि अवैधानिक कामदारलाई राहत मिलेको छ। मलेसियामा नेपाली नागरिक पनि धेरै अवैधानिक रुपमा बसोबास गर्दै आएको…